साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गौरीमायाको भ्यालेन्टाइन डे

Nepal Telecom ad

‘अब गौरीका दुखका दिन सकिए ।’ गाउँमा म गएको वेला छिमेकीहरूले हर्षित भएर मलाई सुनाए । नसुनाउन् पनि किन र ? सारा दुख, हण्डर खेपेर बढाइ, पढाइ गरेको गौरीमायाको एक्लो सन्तान एम.बी.ए.सकेपछि सहरमा बैङ्क म्यानेजर बनेको छ । अझ ऊ त मेरो बाल्यकालको साथी पनि । सँगसँगै विद्यालयको चौर नापेका छौँ हामीले दश वर्षसम्म । मलाई पनि गर्विलो अनुभूति भयो । ‘काकी ! तपाईँ त निकै खुसी देखिनु हुन्छ नि आजकाल ?’ मैले भेट हुँदा सोधेको थिएँ । ‘हो त नि बाबु ! अब मेरो सपना पुरा भएको छ । सारै दुखजिलो गरेर हेमन्तलाई त्यतिसम्म पढाएँ । अब राम्रो जागिर छ । उसको जिन्दगी सुखी छ । मेरो पनि दुख गर्ने समय सकियो । बुढेस कालमा अर्काको बनिबुतो गर्नु पर्दैन अब । ढुक्कले सास जाने भो ।’ उनले हर्षित भएर एकै सासमा सुनाइन् ।

नजिकैको सहरमा काम विशेषले गएको थिएँ । घर, गाउँ जान समय थिएन मलाई । व्यस्तताका बिचमा घरमा फोन गरेर अर्काे पटक मात्र आउँछु, आजै फर्किनु पर्ने भो भन्दै दाइलाई गाउँघरको खबर सोधेँ । ‘सबै राम्रै छ भाइ । गाउँ सहर बन्दै छ । भरखरै नगरपालिका घोषणा भएको छ । अब त उन्नति होला गाउँको पनि । तर गौरी काकीको अवस्था सारै नाजुक छ भाइ ।’ दाजुको जबाफ थियो । मलाई जबाफले पोल्यो र एकै दिनको लागि भए पनि गाउँतर्फ लागेँ ।

बसबाट ओर्लिएर सिधै गौरी काकीकोमा गएँ । सबै गाउँले जम्मा भएर चन्दा उठाएर उनलाई अस्पताल लिएर जाने तयारी थियो । म आफैँले ट्याक्सी खोजेर गौरी काकीलाई अस्पताल लाँदै गर्दा बाटोमा सोधेँ –‘काकी ! हेमन्तलाई किन फोन नगर्नु भएको त ?’ ‘के गर्नु बाबु, नाकाबन्दीका कारणले अहिले कामको चाप बढेर बैङ्कले बिदा दिएन रे । एक हप्तापछि आउँछु भनेको छ । हिजो मात्रै फोन गरेर बोलाएकी थिएँ ।’ ज्वरोले कम्पित आबाजमा गौरी काकीले भनिन् ।

अस्पताल पुग्न अझै एक घण्टा लाग्थ्यो । म मनभरि एकल महिला गौरी काकीको सङ्घर्ष, उनले भोगेका दुख सम्झिँदै गएँ । हेमन्त एक वर्षको हुँदै उसका पिता बितेका थिए । गाउँ समाज, नातागोता सबैले त्यो बिस बाइस बर्से उमेरमै एकल जीवन नबिताउन र अर्काे विवाह गर्न सुझाएका थिए । उनलाई सानैदेखि मन पराउने शंकरले हेमन्त सहित स्विकार्न तयार पनि भएका थिए तर कुन्नि के भएर हो उनले त्यो प्रस्ताव स्वीकार गरिनन् । पुरै जबानी समर्पित गरिन् दुखको सागरमा र हेमन्तलाई बनाइन् – बैङ्क म्यानेजर ।

मोबाइलको डाटा अन नै रहेछ । राजमार्ग पुग्नै लाग्दा थ्री जी नेटवर्क भेटेछ । फेसबुकमा नोटिफिकेसन भटाभट आउन थाले । त्यही बेलामा गौरी काकीले सोधिन् –‘बाबुसँग हेमन्तको सम्पर्क छ कि छैन आजकाल ?’ केही बोलिनँ । हेमन्तको पोस्ट अपडेट पनि रहेछ । खुलदुली लागेर एक्कासि स्टाटस पढन पुगेँ– ‘सेलेब्रेटिङ भ्यालेन्टाइन विक विथ रमिला एट लेक साइट पोखरा ।’

हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x