साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गौरीमायाको भ्यालेन्टाइन डे

Nepal Telecom ad

‘अब गौरीका दुखका दिन सकिए ।’ गाउँमा म गएको वेला छिमेकीहरूले हर्षित भएर मलाई सुनाए । नसुनाउन् पनि किन र ? सारा दुख, हण्डर खेपेर बढाइ, पढाइ गरेको गौरीमायाको एक्लो सन्तान एम.बी.ए.सकेपछि सहरमा बैङ्क म्यानेजर बनेको छ । अझ ऊ त मेरो बाल्यकालको साथी पनि । सँगसँगै विद्यालयको चौर नापेका छौँ हामीले दश वर्षसम्म । मलाई पनि गर्विलो अनुभूति भयो । ‘काकी ! तपाईँ त निकै खुसी देखिनु हुन्छ नि आजकाल ?’ मैले भेट हुँदा सोधेको थिएँ । ‘हो त नि बाबु ! अब मेरो सपना पुरा भएको छ । सारै दुखजिलो गरेर हेमन्तलाई त्यतिसम्म पढाएँ । अब राम्रो जागिर छ । उसको जिन्दगी सुखी छ । मेरो पनि दुख गर्ने समय सकियो । बुढेस कालमा अर्काको बनिबुतो गर्नु पर्दैन अब । ढुक्कले सास जाने भो ।’ उनले हर्षित भएर एकै सासमा सुनाइन् ।

नजिकैको सहरमा काम विशेषले गएको थिएँ । घर, गाउँ जान समय थिएन मलाई । व्यस्तताका बिचमा घरमा फोन गरेर अर्काे पटक मात्र आउँछु, आजै फर्किनु पर्ने भो भन्दै दाइलाई गाउँघरको खबर सोधेँ । ‘सबै राम्रै छ भाइ । गाउँ सहर बन्दै छ । भरखरै नगरपालिका घोषणा भएको छ । अब त उन्नति होला गाउँको पनि । तर गौरी काकीको अवस्था सारै नाजुक छ भाइ ।’ दाजुको जबाफ थियो । मलाई जबाफले पोल्यो र एकै दिनको लागि भए पनि गाउँतर्फ लागेँ ।

बसबाट ओर्लिएर सिधै गौरी काकीकोमा गएँ । सबै गाउँले जम्मा भएर चन्दा उठाएर उनलाई अस्पताल लिएर जाने तयारी थियो । म आफैँले ट्याक्सी खोजेर गौरी काकीलाई अस्पताल लाँदै गर्दा बाटोमा सोधेँ –‘काकी ! हेमन्तलाई किन फोन नगर्नु भएको त ?’ ‘के गर्नु बाबु, नाकाबन्दीका कारणले अहिले कामको चाप बढेर बैङ्कले बिदा दिएन रे । एक हप्तापछि आउँछु भनेको छ । हिजो मात्रै फोन गरेर बोलाएकी थिएँ ।’ ज्वरोले कम्पित आबाजमा गौरी काकीले भनिन् ।

अस्पताल पुग्न अझै एक घण्टा लाग्थ्यो । म मनभरि एकल महिला गौरी काकीको सङ्घर्ष, उनले भोगेका दुख सम्झिँदै गएँ । हेमन्त एक वर्षको हुँदै उसका पिता बितेका थिए । गाउँ समाज, नातागोता सबैले त्यो बिस बाइस बर्से उमेरमै एकल जीवन नबिताउन र अर्काे विवाह गर्न सुझाएका थिए । उनलाई सानैदेखि मन पराउने शंकरले हेमन्त सहित स्विकार्न तयार पनि भएका थिए तर कुन्नि के भएर हो उनले त्यो प्रस्ताव स्वीकार गरिनन् । पुरै जबानी समर्पित गरिन् दुखको सागरमा र हेमन्तलाई बनाइन् – बैङ्क म्यानेजर ।

मोबाइलको डाटा अन नै रहेछ । राजमार्ग पुग्नै लाग्दा थ्री जी नेटवर्क भेटेछ । फेसबुकमा नोटिफिकेसन भटाभट आउन थाले । त्यही बेलामा गौरी काकीले सोधिन् –‘बाबुसँग हेमन्तको सम्पर्क छ कि छैन आजकाल ?’ केही बोलिनँ । हेमन्तको पोस्ट अपडेट पनि रहेछ । खुलदुली लागेर एक्कासि स्टाटस पढन पुगेँ– ‘सेलेब्रेटिङ भ्यालेन्टाइन विक विथ रमिला एट लेक साइट पोखरा ।’

हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x