साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती चाहिया छ

Nepal Telecom ad

पढियो लेखियो
संसार पनि देखियो
अब विवाह गर्ने
सुर लाइया छ
त्यसैले एउटी राम्री
श्रीमती चाहिया छ
पाउन त
धेरै केटीहरू पाइया छ
तर आफूलाई
गाउँमा बस्ने श्रीमती चाहिया छ
गाउँमा आमा एक्लै छिन्
सहरमा ल्याउँदा पनि
बाटोघाटो काट्न जान्दिनन्
गाउँ जस्तो रमाइलो
सहर ठान्दिनन्
त्यसैले
सहर आउन मान्दै मान्दिनन् ।

जागिरे भएपछि
केटी त
एक से एक पाइया छ
तर आफूलाई
आमाको हेरचाह गर्ने श्रीमती चाहिया छ
छोरी माग्न गयो भने
राम्रै घरानाले पनि मान्छन्
रात्रीभोजको निम्तो दिँदै
घरसम्म नै तान्छन्
तर श्रीमती गाउँमा लाने कुरो गरेपछि
कुचो बरानीले हान्छन् ।

धान मकै बटाउनलाई
आमाको भार कटाउनलाई
गाउँकै केटी मागी हेरेँ
आफन्त पनि लागि परे
केटीवालहरू
आफन्तलाई भेट्न धुमधाम देखियो
तर सबैको
छोरीलाई सहर नै राख्ने जोरजाम देखियो
जब मैले त्यहाँ पनि
श्रीमती आमासँगै बसाल्ने कुरो राखेँ
तब सबै तर्कदै पो भागे
गाउँमा राख्दा माइतीको मन दुख्ने
सहरमा राख्दा आमाको मन दुख्ने
आमा गाउँमा एक्लै
म पनि सहरमा एक्लै बस्या छु
के गर्ने गर्ने गजबले फस्या छु
त्यसैले
अब जे होला होला
आमाको जिउपछि मात्र
विवाह गर्ने सुर कस्या छु ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x