साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको सिर्जना वाचन

Nepal Telecom ad

काठमाडौं, फागुन १५, ०७२ । राजधानीमा भइरहेका नियमित मासिक शृङ्खला मध्यको एउटा हो अनुपम सिर्जना वाचन कार्यक्रम । अनुपम सिर्जना प्रतिष्ठानद्वारा विगत चार वर्षदेखि राजधानीको कलङ्कीमा आयोजना हुँदै आएको सिर्जना वाचन कार्यक्रमको पछिल्लो शृङ्खला शनिबार सम्पन्न भयो ।

छन्द कविताका शिल्पी हेमराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विधि विधाका तिन दर्जनभन्दा बढी स्रष्टाले आआफ्ना सिर्जना प्रस्तु गरेका थिए । प्रतिष्ठानका महासचिव जगदीश्वर पोखरेलको कवितात्मक स्वागत पश्चात सिर्जना वाचनको क्रम आरम्भ भएको थियो ।

कार्यक्रममा रामचन्द्र पोखरेल, विनुबाबा घिमिरे, राजेन्द्र ढुङ्गाना, श्याम बहादुर भावुक, रुद्र अधिकारी, भक्तबहादुर नेपाली, दुर्गा रिमाल अधिकारी, निर्मल पराजुली, लिलाराज दाहाल, घिमिरे मैदेली, जनार्दन अधिकारी, खगेन्द्र खोल्साघरे, डिल्लीप्रसाद मुलतिउन, लक्ष्मीप्रसाद मिश्र, हरि खनाल, रामप्रसाद पौडेल र नरनाथ लुइँटेलले आआफ्ना सिर्जना वाचन गरे ।
त्यसै गरी लक्ष्मी श्रेष्ठ, रामशरण श्रेष्ठ, रामप्रसाद लम्साल, सुदेश सत्याल, पुरूषोत्तम पौडेल, एसपी आशा, डा. जीवन अधिकारी, भाग्यशाली अधिकारी, ब्रम्हप्रिय प्रेमस्वरूप, मञ्जुल श्रेष्ठ, हरिशरण अर्याल, रिता खतिवडा, सानु शर्मा, भुवनहरि सिग्देल, श्रीधर शर्मा, उदाश कार्की, अम्बु बिहानी, गाउँले बलदेव, जगदीश्वर पोखरेल आदि स्रष्टाका सिर्जना प्रस्तुत गरिए ।

कार्यक्रममा समकालिन समय सन्दर्भलाई विषयवस्तु बनाइएका कविता, गीत, मुक्तक र गजलहरू समावेश थिए । छन्दलय संरचना र मुक्तलय दुवै किसिमको सिर्जनाको प्रस्तुति थियो ।

मूख्य अतिथिका रूपमा उपस्थित स्रष्टा हेमराज अधिकारीले आफूलाई आमन्त्रण गरि यस्ता सुन्दर कविता श्रवण गर्ने अवसर प्रदान गरेकामा आल्हादित भएको बताउँदै आफ्नो छन्दोवद्ध कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष रमेश प्रसाद गौतमले वाचित सिर्जनाको सङ्क्षिप्त टिप्पणी गर्दै अनुपमको आमन्त्रण स्वीकार गरी सहभागी हुन आउनु भएको स्रष्टाहरूप्रति अभार व्यक्त गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x