साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिलेसम्म चल्ला ?

Nepal Telecom ad

कहिलेसम्म चल्ला र खै, यो सास पनि ।
आफैलाई गर्न छाडें, विश्वास पनि ।

खडेरीमा बर्खा लाग्यो यो आँखालाई
खेर गयो फेरि हाँस्ने, प्रयास पनि ।

फूलको सुवास बोकी आउँथ्यो पैले भने
आगो बोकी आउँछ अचेल, बतास पनि ।

कतै पनि जिन्दगी यो भेटिएन
कति गर्नु जिन्दगीको, तलास पनि ।

बाँच्नलाई के के गर्नु पर्दो रैछ
बाँच्ने अभ्यास गरें मर्ने, अभ्यास पनि ।

एउटा प्याला उठाएर पिएँ, हाँसें
कति हुनु जीवनदेखि, उदास पनि ।

२०७२ फागुन १५
बसुन्धरा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x