पुरूषाेत्तम सिग्देलकहिलेसम्म चल्ला ?
कहिलेसम्म चल्ला र खै, यो सास पनि ।
आफैलाई गर्न छाडें, विश्वास पनि ।
खडेरीमा बर्खा लाग्यो यो आँखालाई
खेर गयो फेरि हाँस्ने, प्रयास पनि ।
फूलको सुवास बोकी आउँथ्यो पैले भने
आगो बोकी आउँछ अचेल, बतास पनि ।
कतै पनि जिन्दगी यो भेटिएन
कति गर्नु जिन्दगीको, तलास पनि ।
बाँच्नलाई के के गर्नु पर्दो रैछ
बाँच्ने अभ्यास गरें मर्ने, अभ्यास पनि ।
एउटा प्याला उठाएर पिएँ, हाँसें
कति हुनु जीवनदेखि, उदास पनि ।
२०७२ फागुन १५
बसुन्धरा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































