सुलसुलेकपनमा कवि गोष्ठी
काठमाडौँ, २९ फागुन । कपन साहित्य समाजले कपनमा आयोजना गरेको ‘त्रैमासिक साहित्य शृङ्खला’ अन्तर्गतको कार्यक्रममा भारतीय नाकाबन्दी, भैँचालो, विद्युत्भार कटौती, नेताहरूको मनोमानी, नारी पीडा आदि सम्बन्धमा करिब ३० कविले कविता, गीत, गजल र प्यारोडी वाचन गरे ।
साहित्यकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रीहरि फुयाँल, रत्ननिधि रेग्मी, विजयध्वज थापा, श्याम रिमाल, भारद्वाज मित्र, मोहनमणि पोखरेल, श्यामा पन्त, गङ्गा पौडेल, हेमा अधिकारी, लक्ष्मी रुम्बा, ठाकुरप्रसाद खकुरेल, त्रिलोचन आचार्य लगायतले रचना वाचन गर्नु भएको थियो । वाचित कवितामाथि टिप्पणी गर्दै डा शैलेन्दुप्रकाश नेपालले कवितामा कला हुनुपर्ने र त्यसले सबैको मन छुनुपर्ने बताउनु भयो ।
सो अवसरमा समाजका अध्यक्ष आरएम डङ्गोलले वि.सं. २०६१ मा स्थापित समाज स्थानीय नयाँ प्रतिभालाई अगाडि ल्याउन क्रियाशील हुने बताउनु भयो । संस्थाका महासचिव केशवराज पाठकले समाजले साहित्यकार तथा मानवशास्त्री पूर्णप्रकाश नेपाल ‘यात्री’को स्मृतिमा रु. १० हजारको पुरस्कार स्थापना गर्ने जानकारी दिनुभयो । समाजले नयाँ वर्षमा ‘कपन कविता क्यालेन्डर’ र पछि ‘कपन दर्पण’ स्मारिका प्रकाशन गर्ने भएको छ ।
Subscribe
Login
0 Comments
Oldest











































