साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य दारी

Nepal Telecom ad

न यसको कतै जरो छ
न कतै अड्किने पहरो छ
जति काटे पनि आको छ, आको छ
काटिएन भने त यो
जमिन नै छुने भाको छ ।

माथि माथि जानु नि
लहरे पीपलको जस्तो
खाली जमिनतिर पो जान्छ
मानौ रुखको जराले जस्तै
यसले पनि जमिनको पानी तान्छ
जसले दारी पाले पनि
मानौ महापुरुष जस्तै लाग्ने
तर यो देखेपछि केटाकेटी चाहिँ भाग्ने
मासुमा उम्र्या हो कि छालामा उम्र्या हो
के कपालको जरा भइ गालामा उम्र्या यो
साधु सन्त बाबालाई दारी पाल्नु पर्ने
तर आफूलाई चाँही दिनहु फाल्नु पर्ने
बुढाको दारी बढे कि बुढीलाई चिन्ता पर्ने
आउँछ भने पालन तिमी पनि
मेरो दारी देखी किन इश्र्या गर्ने ।

तर के गर्ने
खुर्सानी बुटो जस्तो यो
उखलेर फाल्न पनि नसकिने
चुहिने बाँध जस्तो टाल्न पनि नमिल्ने
कहिले नपलाउने पार्न पनि नसकिने
अर्काको गालामा सार्न पनि नसकिने
खरेटोले यसलाई झार्न पनि नसकिने
बनमारा झार जस्तो, फार्न पनि नसकिने
नकाट्ने हो भने आको छ, आको छ
श्रीमतीको कपाल जति त यो
दुई चार महिनामै भाको छ ।

महिलाको कपाल जस्तो
न बजारमा यो बिक्छ
दारी देखी त तरुनी पनि तर्कने
न पाल्नलाई यो ठीक छ
न खलो जस्तो ताछ्न मिल्ने
न डडेलो लाउन मिल्ने
धन्य दारी तिमी
ज गरे पनि हिल्दै नहिल्ने ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x