साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शास्त्र नै हुन्छ टर्रा !

Nepal Telecom ad

ढाँचा ढर्रा, अतिसय बढी, चढ्न थाल्यो विकार
बच्ला हाम्रा ? गहन मतका, दिव्य संस्कार सार ।
बोझा बन्दै, जब जगतमा, दम्भको ढोल बज्छ
अग्ला सग्ला, ऋृषि–मन यहाँ, खस्छ पाताल खस्छ ।।१।।

हाम्रा कय्यौं, प्रचलन–प्रथा, बिग्रदै भत्कदै छन्
खाना नाना, बसउठ सबै, बिच्कदै चिप्लदै छन् ।
फिल्मी शैली, अमिर जनको, नक्कलै गर्न थाल्यौ
हेर्दा हेर्दै, गलत–लतमा, स्निग्ध संस्कार बाल्यौ ।।२।।

हाम्रा जन्मोत्सव अब बिहे, नाम वा क्षौर– कर्म
हाम्रा श्रध्दा, तिथि ब्रत सबै, पार्न थाल्यौ विकर्म ।
खर्चन्छौ रे, ऋृण अझ थपी, भोज वा दाईजोमा
सामन्तीका अनुकरणले, पर्दछौ घाइतेमा ।।३।।

झुम्का कल्ली, तिलहरी फुली यन्त्र बाला किलीप
ब्रास्लेटैमा उरभर नयाँ, हार औंठी विचित्र ।
कट्टी नाभी शिरभर अहा ! झल्झलाकार पारी
खर्चेका छन्, धन मन गरी, दर्प पाखण्ड भारी ।।४।।

झर्को बन्ला, प्रचलन प्रथा, दिव्य संस्कार ढल्ला ?
अग्ला सग्ला, मुनिवचन नै, बन्न सक्नेछ खल्ला ?
नेपाली हो ! बुझन मुटुले, छोड ढाँचा र ढर्रा
यस्तो गर्दा, नवपन दिने, शास्त्र नै हुन्छ टर्रा ।।५।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x