डा.रवीन्द्र समीरअाआफ्नै डम्फू
–संसार पि (प्रोबाबिलिटी) मा अडेको छ– तथ्याङ्क पढाउने सरले भनेको वाक्य उसलाई विश्वास लागेन ।
– संसार भाषिक अन्तरसम्बन्धमा अडेको छ– अङ्ग्रेजी पढाउने सरले छुट्टै डम्फु पिटे ।
– संसार दर्शनमा अडेको छ– नैतिक शिक्षा पढाउने सरले उस्तै कुरो दोहोर्याए ।
– संसार व्याकरणमा अडेको छ– नेपाली पढाउने सरको दाबी उसले एउटा कानले सुन्यो, अर्को कानले उडायो ।
– संसार धर्ममा अडेको छ– धार्मिक गुरुको ढोंग उसलाई बेतुक लाग्यो ।
उसलाई कुनै पनि शिक्षकको उत्तर विश्वास लागेन र घरमा पुगेर बाँझो खनिरहेका बाउलाई सोध्यो– बा संसार केमा अडेको छ ?
पढेको छोराले नपढेको बाउलाई अनौठो प्रश्न सोधेको देखेर आश्चर्य मान्दै बुढाले भने– के मा अड्नु नि ? दुई दिन अन्नपानी नखाएर बस अनि थाहा पाउँछस् संसार केमा अडेको छ ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































