धनराज गिरीआफ्नै दुनो सोझ्याउन
आगो लागेपछि तिमीले इनार खनेछौ
निदाएर अरूलाई हिँड भनेछौ ।
सबैलाई आफ्नो ठान्नु भन्थ्यौ तिमीले
छिमेकीलाई तँ होस् शत्रु भन्दै लडेछौ ।
अप्ठ्यारोमा हात दिनू भन्थ्यौ तिमी नै
अरूलाई कुल्चिएर अघि बढेछौ ।
मानवता हराएको पापी सहरमा
आफ्नै दुनो सोझ्याउन लागिपरेछौ ।
हेटौडा
(२०७२ चैत २ गते, मङ्गलबार)
Subscribe
Login
0 Comments
Oldest




































