साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा प्रजातन्त्र !

Nepal Telecom ad

चुनाव आयो नेता
जनताको वरपर
चुनाव सकिएपछि प्रजा परपर
कतै नपाइने हाँडीगाउँको तन्त्र
वा प्रजातन्त्र !

धनी धनाड्य सधैं
शक्तिको वरपर
चाकडी चाप्लुसी पनि
सत्ताकै वरपर
बिचरा प्रजा, जा परपर
कस्तो अनौठो तन्त्र
वा प्रजातन्त्र !

हुने खालेलाई त यहाँ सधैं प्रजातन्त्र
जनतालाई यो देखाउने जन्त्र
निमुखालाई यो फकाउने मन्त्र
कागलाई बेल पाकेको जस्तो तन्त्र
वा प्रजातन्त्र !

राणाले पनि भन्थे प्रजातन्त्र छ
राजाले पनि भन्थे प्रजातन्त्र छ
अहिले पनि नेता भन्दैछन् प्रजातन्त्र छ
तर अर्को थरी भन्दैछ
अझै ल्याउनु छ प्रजातन्त्र
जनताको लागि कहिलै नआउने कस्तो तन्त्र
वा प्रजातन्त्र !

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x