साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता, झन्डा र गुनासो

Nepal Telecom ad

म नेता भनी आत्मश्लाघा गरेछौ
भुँडी, बैङ्क, भण्डार सारा भरेछौ ।
न फर्केर आयौ न वाचा पुर्यायौ
सबै राज्यको कोष रित्तो बनायौ ।।

विदेशी इसारा तिमी मात्र कर्ता
भुल्यौ राष्ट्रझन्डा भयौ कार्यकर्ता ।
छ पार्टी ठुलो एक झन्डा समाई
चुसी खान खोज्छौ अरूको कमाइ ।।

सबै देश फेर्ने चुनावी छ पर्चा
न फेदी न टुप्पो सधैँ हुन्छ चर्चा ।
छली, भ्रष्ट, स्वार्थी, फरेवीहरूको
सधैँ सुन्छ बोली नसुन्ने अरुको ।।

हिलोको किलोझैँ सबैतर्फ ढल्की
जता लाभ देख्यो त्यतैतर्फ पल्की ।
न सिद्धान्त तिम्रो न क्वै स्वाभिमान
सधैँ बेच्न थाल्यौ तिमीले इमान ।।

जनाधार पाई दुराचार गर्छन्
सदाचार गर्ने अभागी ठहर्छन् ।
थिए राष्ट्रघाती गराए वितण्डा
तिनै ओढ्न पुग्छन् मरे राष्ट्रझन्डा ।।

गुनासो छ मेरो छ जो राजद्रोही
सधैँ राज्यसत्ता समाल्दै छ सोही ।
कुनै भ्रष्ट नेता र गुन्डा हिजोझैँ
मरे राष्ट्रझन्डा नओढाइयोस् है ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x