साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्यामा ‘साइबर संस्कृति

Nepal Telecom ad

काठमाडौं, चैत ६, ०७२ । साहित्य सन्ध्याको ३५८ औँ शृङ्खला सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा राजधानीमा सम्पन्न भयो ।

‘साइबर संस्कृति र यसले समाजमा पारेको प्रभाव’ विषयको दोस्रो भागको रूपमा सम्पन्न गोष्ठीमा प्रा.राजेन्द्र सुवेदीले माक्र्सवाद भनेको निरन्तरको द्वन्द्व हो, सङ्घर्ष हो तर यतिखेर माक्र्सवादको वैचारिकतामा खिया लागेको बताउनु भयो । सुवेदीको कथन थियो– ‘निरन्तरताको र सिर्जनाको सङ्घर्ष पूर्ण यात्रा आवश्यक छ तर सत्ताको प्राप्तिपछि सबै पूर्ण भयो भन्ने मान्यता नै माक्र्सवादको वैचारिक विचलन हो । विज्ञानले हाम्रो दिमागको सोच र चिन्तनलाई साँघुरो पारेको छ । नोबेल पुरस्कार विजेता चिनियाँ साहित्यकार वाङ मुनले लोक परम्परा र संस्कृतिलाई साइबरसँग जोडेका छन्, यो महत्वपूर्ण कार्य हो ।’

प्राज्ञ विष्णु प्रभातले चर्चा गरिएको विषयतर्फ प्रवेश नगरी स्रष्टाले सचेतताका साथ सिर्जना गर्नु पर्छ, भाषिक सचेतता आवश्यक छ, लेखन र वाचन शुद्ध हुनु पर्दछ, अध्ययनशील भई पढेका वा देखेका कुराहरूबाट नकारात्मकता निकाली सकारात्मक मात्र लिनु पर्दछ र हरेक कुरालाई द्वन्द्ववादको दृष्टिकोणले विश्लेषण गर्नु पर्दछ त्यसो भयो भने मात्र साहित्य सामाजिक रूपान्तरणको बलियो हतियार हुन्छ भन्ने धारणा राख्नु भयो ।

गोष्ठीमा कविहरू ओमप्रसाद कोइराला, अतृप्त पाण्डेय, मुकुन्दप्रसाद न्यौपाने, पूर्ण विराम, अभ्यस्त यात्री, रामचन्द्र दाहाल, बलराम विष्ट, प्रदीपरत्न शाक्य, कृष्णदेव रिमाल, लीलाराज दाहाल, ब्रह्मप्रिय प्रेमस्वरूप, देवकुमारी लुइटेल, डम्बरध्वज लिम्बू, प्रशान्त खरेल, बालाकृष्ण अधिकारी, गोपालकुमार मैनाली, पुण्य गौतम ‘विश्वास’, नीलहरि सुवेदी, ज्ञानु विद्रोही, रूपक अलङ्कार, कल्पना काफ्ले, रामकुमार पण्डित क्षेत्री, ध्रुवराज घिमिरे, नर्मदेश्वरी सत्याल, गोविन्द नेपाल, उमेश उपाध्याय, पीताम्बर भण्डारी, भावना न्योपाने, मीनबहादुर राना, उर्मिला पन्त पाण्डेय, अमृता स्मृति, नारायण भण्डारी, उमेश पाण्डे र षडानन्द पौडेलले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित रचनामाथि डा.लेखप्रसाद निरौलाले टिप्पणी गर्नु हुँदै कवितामा भावको सघनता वा विस्तृतीकरण भयो भने खण्डकाव्य हुन जान्छ भन्नु भयो । बुझिने र सन्देशमूलक कविता नै श्रेष्ठ हुन्छ त्यसका लागि अरूका उत्कृष्ट कविता पढ्नु पर्दछ भन्नु भयो ।

गोष्ठीका सभाध्यक्ष रमेश पोखरेलले स्रष्टाले प्रविधिभन्दा पर बसेर होइन प्रविधिसँग नजिकिएर सिर्जना गर्नु पर्दछ भन्दै सहभागी सबैमा हार्दिक आभार सहित गोष्ठीको समापन गर्नु भयो । गोष्ठी गोपाल मैनालीले सञ्चालन गर्नु भएको थियो ।

–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x