साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर त हाम्रो बुद्घि

Nepal Telecom ad

हामीले खुरुखुरु पढ्यौँ
सधैं अगाडि बढ्यौँ
नेता बिचरा पढाई छोडि छोडि
कहिले ढुङ्गा हान्नेमा लागे
कहिले टायर तान्नेमा लागे
कहिले आन्दोलनमा हिंडे
कहिले पुलिससँग भिडे
आज देशको ढुकुटी सकेर
दुई चार पैसो कमाए त के भो
ठेकेदारी दिँदा होस् कि
चन्दन व्यापारीसँग लिँदा होस्
दुई चार करोड समाए त के भो
हेर त हाम्रो बुद्धि !
कस्तो उल्टो उल्टो नजर हेरिएछ
हाम्रो भन्दा त नेताज्यूको बुद्धि फेरिएछ ।

हामीले समयमै विवाह गरिम्
उनीहरू जेलतिर गए
हामीले समयमै सन्तान उत्पादन गरिम्
उनीहरू ढिलो बाआमा भए
आज कसैले सरकारी ढुकुटीले पढाए
कसैले सहितको छात्रावृत्तिमा उठाए
हेर त हाम्रो सुद्धि !
खाली उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त राम्रो सोच नेताज्यूको पो फेरिएछ ।

हामीले दुखले दुई चार पैसो कमायौँ
उनीहरूले सजिलै करोडौँ कमाए
हामीले कसैलाई बाडेनौँ
उनीहरूले पार्टीलाई समेत थमाए
आँटिला र गाँठिलाहरू प्रत्यक्ष लरे
छेरुवा र हरूवाहरू समानुपातिकमा परे
जे गरे बिचरा राम्रै गरे
हेर त हाम्रो अक्कल
कसैलाई तस्करी भनेका छौँ
कसैले घुसखोरी भनेका छौँ
कस्तो उल्टो उल्टो नजर हेरिएछ
हाम्रो भन्दा त राम्रो बिचार
नेतज्यूमा पो फेरिएछ ।

टनकपुर बेचे पनि, कालापानी बेचे पनि
धोबीखोला बचाका छन् टुकुचा बचका छन्
भूकम्प पीडितको नामको
जस्तापाता पनि पचाका छन्
देशै बेची खाएछन् भने पनि के भो त
हेर त हाम्रो खोपडी
कसैलाई जनताघाती भनेका छौँ
कसैलाई राष्ट्रघाती भनेका छौँ
कस्तो कस्तो नजरले हेरिएछ
हाम्रो भन्दा तगडा बिचार त
नेताज्यूमा पो फेरिएछ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x