दुर्गाप्रसाद ग्वालटारेखोटै खोट
सधैं धाउने मन्दिरको, नैवेद्यमै खोट देख्छु
जस्ले निम्ता गर्छ उसको, आतिथ्यमै खोट देख्छु ।
घुर्र–घुर्र शान्ति जप्ने, परेवा नै बाज बने
कता कता यहाँ शान्ति– सम्वेद्यमै खोट देख्छु ।
आगो झोस्छ धुन्धुकारी, आफ्नै घरमा तर यहाँ
नितिशास्त्र घोकाउने, चाणक्यमै खोट देख्छु ।
नातिनाको बक्ष हेरी, आँखा छोप्छिन् हजुरआमा
अस्मितामा चोली साट्ने वाणिज्यमै खोट देख्छु ।
सुन्दर मेरो बस्ती बिग्र्यो, रुँदै भन्छ ‘ग्वालटारे’
कालो चस्मा भिर्ने गाउँको, अध्यक्षमै खोट देख्छु ।
२०७२ चैत्र २
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































