साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रलेस, काठमाडौँको तेस्रो जिल्ला सम्मेलन

Nepal Telecom ad

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्लाको तेस्रो जिल्ला सम्मेलन फागेन २८ गते सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवचन कक्षमा सम्पन्न अधिवेशनले बालमुकुन्द कार्की अध्यक्ष सहित २७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्यो ।

प्रलेसका केन्द्रीय महासचिव मित्रलाल पंज्ञानीले सम्मेलन उद्घाटन गर्नुभएको थियो भने प्रा. डा. जीवेन्द्रदेव गिरी, कुशल बोगटी, ईश्वरचन्द्र ज्ञवाली, आर.एम. डङ्गोल, कृष्णहरि भट्ट, बलराम तिमिल्सिना, लगायत साहित्यकारहरूले सम्मेलनलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।

सम्मेलनले क्रमशः उपाध्यक्षमा रामचन्द्र हुमागाईँ, मुक्तान थेवा, केशरी आम्गाई, सचिवमा भीम क्षेत्री, सहसचिवमा प्रकाश थापा मगर, सदस्यहरूमा सुदर्शन पुडासैनी, पारस ढकाल, अनिल लिम्बु, टहल दाहाल, सरस्वती घिमिरे, सूर्य बीसी, प्रशान्त खरेल, वासुदेव ज्ञवाली, दुर्योधन बस्नेत, कौशिला रिसाल, विष्णुमाया उपाध्याय, देवकुमारी लुइटेल, राधिका गुरागाईँ, लोमस कुमार सुनार, तारा मिलन छन्त्याल, प्रभाति किरण, गंगादेवी राई, निलिमा पुन, मधु क्षेत्री र लक्ष्मण वेल्वासे निर्वाचित गरेको छ ।
–पर्शुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x