लिलाराज कार्कीयो जालिम दुनियाँ
तितो तर ध्रुब सत्य यो संसारिक ब्यथा
जीवन संग जोडिएको एक पाटोको कथा
कस्तो रोग होला त यो जता सुकै छुने
व्यक्ति राष्ट्र अन्तर्राष्ट्र जहीं लागु हुने ।
मान्छे प्राय एक्लै पर्छ अप्ठ्यारोमा पर्दा
आफ्नै रगत आफ्नो हुन्न मतलवले गर्दा
केहि न केहि त गर्नै पर्छ बल्ल आफ्नो हुन्छन्
आफ्नै साथि भाइले समेत कसको पक्ष भन्छन् ।
गरिव झन् झन् गरिव बने कोहि छैन बुझ्ने
यस्ता दुखी जनताको कसले आँसु पुछ्ने
गरिवी नै निर्मुल पार्ने ठुलै गफ हाँक्छन्
झुत्रे गरिव देखे भने नाक थुनेर भाग्छन् ।
चर्का चर्का कुरा गर्छन् सोझा दङ्ग पर्छन्
मतलव पुरा भएपछि नचिने झैं गर्छन्
फुटपाथ नै घर हुनेको कसले बुझ्ने मर्म
जालीम दुनियाँले गर्यो हैन उसको कर्म ।
मौका कहिँ मिल्नु हुन्न चढी हाल्छन बुईमा
रस चुसी खोक्रो पारि फ्याँकी दिन्छन भुईंमा
बाहिरबाट देख्दा खेर गरेजस्तो गर्छन्
समाज सेवा गर्ने भन्दै आफ्नै भुँडी भर्छन् ।
फूल बुट्टा भरि भरि हो कि जस्तै पार्छन्
नाटक गर्न सिपालु छन् गोहीका आँसु झार्छन्
पुर्खौंदेखि आजसम्म थाप्लो माथि ऋन
कहिले पनि नआउने भो गरिवका दिन ।
नयाँ जुग आयो भन्थे खै कता गयो ?
गरिव किसान मजदुरलाई बाँच्न गाह्रो भयो
धनीलाई सधैं चैन गरिवलाई चाहिँ ऐन
यो मतलवी दुनियाँको हाम्लाई काम छैन ।
हाल : जर्मन
Subscribe
Login
0 Comments
Oldest








































