साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो जालिम दुनियाँ

Nepal Telecom ad

तितो तर ध्रुब सत्य यो संसारिक ब्यथा
जीवन संग जोडिएको एक पाटोको कथा
कस्तो रोग होला त यो जता सुकै छुने
व्यक्ति राष्ट्र अन्तर्राष्ट्र जहीं लागु हुने ।

मान्छे प्राय एक्लै पर्छ अप्ठ्यारोमा पर्दा
आफ्नै रगत आफ्नो हुन्न मतलवले गर्दा
केहि न केहि त गर्नै पर्छ बल्ल आफ्नो हुन्छन्
आफ्नै साथि भाइले समेत कसको पक्ष भन्छन् ।

गरिव झन् झन् गरिव बने कोहि छैन बुझ्ने
यस्ता दुखी जनताको कसले आँसु पुछ्ने
गरिवी नै निर्मुल पार्ने ठुलै गफ हाँक्छन्
झुत्रे गरिव देखे भने नाक थुनेर भाग्छन् ।

चर्का चर्का कुरा गर्छन् सोझा दङ्ग पर्छन्
मतलव पुरा भएपछि नचिने झैं गर्छन्
फुटपाथ नै घर हुनेको कसले बुझ्ने मर्म
जालीम दुनियाँले गर्यो हैन उसको कर्म ।

मौका कहिँ मिल्नु हुन्न चढी हाल्छन बुईमा
रस चुसी खोक्रो पारि फ्याँकी दिन्छन भुईंमा
बाहिरबाट देख्दा खेर गरेजस्तो गर्छन्
समाज सेवा गर्ने भन्दै आफ्नै भुँडी भर्छन् ।

फूल बुट्टा भरि भरि हो कि जस्तै पार्छन्
नाटक गर्न सिपालु छन् गोहीका आँसु झार्छन्
पुर्खौंदेखि आजसम्म थाप्लो माथि ऋन
कहिले पनि नआउने भो गरिवका दिन ।

नयाँ जुग आयो भन्थे खै कता गयो ?
गरिव किसान मजदुरलाई बाँच्न गाह्रो भयो
धनीलाई सधैं चैन गरिवलाई चाहिँ ऐन
यो मतलवी दुनियाँको हाम्लाई काम छैन ।

हाल : जर्मन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x