साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वनमाली र नयनलाई मैनाली कथा सम्मान

Nepal Telecom ad

काठमाडौं, २०७२ चैत ७ । साहित्यिक पत्रकार संघले आगामी ३५ औं कथा दिवसको अवसरमा कथाकार वनमाली निराकारलाई मैनाली कथा सम्मान २०७२ र कथाकार नयनराज पाण्डेलाई मैनाली कथा पुरस्कार –२०७२ प्रदान गर्ने निर्णय गरेको छ । संघको विशेष कार्यसमितिका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

वि.सं.२०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको साहित्यिक पत्रकार संघले सोही दिन विशेष लघुकथा वाचनको आयोजनासमेत गर्ने भएको छ । मैनाली कथा पुरस्कार रकम यसै वर्षदेखि वृद्घिगरी रू. एकाउन्न हजार राशी प्रदान गर्ने पनि निर्णय गरिएको छ । यसअघि रू. एकतीस हजार राशी रहेको थियो ।

कथाकार निराकारका समयका पर्खाल (२०४६–साझा प्रकाशन), विवरूका कथाहरू (२०६६) लगायतका कथा कृतिहरू प्रकाशित रहेका छन् । यसैगरी मैनाली कथा पुरस्कार २०७२ बाट सम्मानित हुनुहुने पाण्डेका ‘खोरभित्र जोकर’
(२०६०), निदाएँ जगदम्बा (२०६५), चकलेट (२०६९) लगायतका कथा कृतिहरू प्रकाशित छन् ।

मैनाली कथा पुरस्कारबाट यस अघि कथाकारहरू क्रमशः भाउपन्थी, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र सङग्रौला, पद्मावती सिहं, भागिरथी श्रेष्ठ, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी, राजव, इन्दिरा प्रसाई, ध्रुब सापकोटा, नगेन्द्रराज शर्मा, मुरारी अधिकारी (ख), नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, किशोर पहाडी, इस्माली र अविनाश श्रेष्ठ सम्मानित भइसक्नु भएको छ ।

यसैगरी मैनाली कथा सम्मानबाट यस अघि कथाकारहरू क्रमशः मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, डा.धु्रवचन्द्र गौतम, परशु प्रधान, डा.दयाराम श्रेष्ठ ’सम्भव’, हरिहर खनाल र मधुवन पौडेल लगायत सम्मानित भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x