साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारमा कामरेड

Nepal Telecom ad

मलाई सम्झना छ कामरेड
हाम्रो भत्किनै लागेको झुपडीमा
मेरा कलिला हातले पकाएको
आटो खाएर तिमीले
धेरै पटक भनेका थियौ
अब छिट्टै हाम्रो जीत हुनेछ
अनि सुध्रिनेछ
तिमी र तिमीहरू जस्तैको जीवन ।

कालोपाटीमा म जस्तै नानीहरूलाई
कखरा सिकाउने मेरा बा
तिमीले पिटेको
जनवादी शिक्षाको ढोलको
समर्थन गर्दै
बन्दुक बोकेर हिँडेको
तितो यथार्थ पनि
मसँग ताजै छ ।
अनि ताजै छ
तिमीले उलारेको समानताको
एकोहोरो नारा ।

आश्वासन नै आश्वासनमा
देश नै उर्लियो तिम्रो पक्षमा

तिमीले सानदार जित हाँसिल गर्यौ
जब तिमी दलबलसहित
सिंहदबार प्रवेश गर्यौ
हामीले झुपडीमा खुसीयाली मनायौं
तर के थाहा
तिमी पनि सिंहदबार छिरेपछि
हुकुमी शासनको पगरी गुथ्छौ भन्ने ।

आज तिम्रो सवारी हुँदा
घण्टौंसम्म बाटो खाली गराइन्छ
र तिमी कालो सिसावाल गाडीमा
हुँकिइन्छौ महाराज झैं ।
तिमीमाथि प्रहार भएको
दुश्मनको गोली थापेर
अपाङ्ग भएका वीरबहादुर
तिम्रो गाडीले उडाएको
धुलोले निसास्सिएर
ह्वीलचीयरमा खिस्रिँदै
पाखा लाग्न बाध्य हुन्छन् ।

अब त तिमीलाई भेट्न पनि
गाह्रो रहेछ कामरेड
केही आशा अनि केही भरोसा
बोकेर जब म
तिमीलाई भेट्न सिंहदबार पुगेँ
ढोकामा तिमीद्वारा नै
तैनाथ बर्दीवालले भने
नागरिकता बिना प्रवेश निषेध छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x