साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुत्रे पुराण

Nepal Telecom ad

प्रेम वली
मेरो छोरो गधा प्रसाद
खै कता पो छ आजभोलि
न टेलीफोनमा न मोबाइलमा
सुनिन्छ उसको बोली ।

सन्तान नभएपछि
छोरै होस् भनि
भाखै चढाइयो
छोरो जन्मिएपछि कालीलाई
बोकै लडाइयो
छोरो भनेपछि
कहिले ढाडमा पनि
घोडै चढाइयो
अरुका केटाकेटी
सरकारी स्कुल पढ्दा
आफूले नखाई नलाई
बोर्डिङ्गमा पढाइयो
कलेज पढने भएपछि
सम्पति बेचेर समेत
पढाई अगाडि बढाइयो
उसको खुसीको लागि
चटपटेदेखि भटभटेसम्म जुराइयो
आप्mना इच्छा सडाएर
उसका इच्छाहरू पुराइयो
हुर्केपछि त आफ्प्नो छोरो
अर्कैको भएछ
घरमा बुहारी ल्याउला भनेको त
जोइल पो गएछ ।

कहिले काहँि फोन गथ्र्यो
आमालाई तीर्थ लान्छु भनी
मलाई पनि फकाउँथ्यो
सँंगै चारधाम जान्छु भनी
न कतै धर्ममा गइयो
न कतै कर्ममा गइयो
खाली घर कुरुवा भइयो ।

एक दिन
मलाई पशुपतिमा छोडी
खै कता हरायो
पछि सुनँे आमालाई पनि उसले
मेरै गति गरायो
कानुन पनि त्यस्तै रहेछ
उसैको कुरा सुनी
हामीलाई लापत्ता ठहरायो
हामी जिउँदो छँदाछँदै
सारा सम्पति उसकै नाममा गरायो ।

हे काली तिमीसँग
श्रवण कुमार भनेको त
कस्तो गधा प्रसाद मागिएछ
दुर्भाग्यले हो कि कुबुद्विले
आज यो नरकमा फ्याँकिएछ ।

थाह छैन अर्धाङ्गिनी पनि
अशक्त छिन् कि जाति
कुन दैबले खोजिदेला
उनी आजभोलि,
यतै छिन कि माथि ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x