प्रेम ओली ढकलपुरेपुत्रे पुराण
प्रेम वली
मेरो छोरो गधा प्रसाद
खै कता पो छ आजभोलि
न टेलीफोनमा न मोबाइलमा
सुनिन्छ उसको बोली ।
सन्तान नभएपछि
छोरै होस् भनि
भाखै चढाइयो
छोरो जन्मिएपछि कालीलाई
बोकै लडाइयो
छोरो भनेपछि
कहिले ढाडमा पनि
घोडै चढाइयो
अरुका केटाकेटी
सरकारी स्कुल पढ्दा
आफूले नखाई नलाई
बोर्डिङ्गमा पढाइयो
कलेज पढने भएपछि
सम्पति बेचेर समेत
पढाई अगाडि बढाइयो
उसको खुसीको लागि
चटपटेदेखि भटभटेसम्म जुराइयो
आप्mना इच्छा सडाएर
उसका इच्छाहरू पुराइयो
हुर्केपछि त आफ्प्नो छोरो
अर्कैको भएछ
घरमा बुहारी ल्याउला भनेको त
जोइल पो गएछ ।
कहिले काहँि फोन गथ्र्यो
आमालाई तीर्थ लान्छु भनी
मलाई पनि फकाउँथ्यो
सँंगै चारधाम जान्छु भनी
न कतै धर्ममा गइयो
न कतै कर्ममा गइयो
खाली घर कुरुवा भइयो ।
एक दिन
मलाई पशुपतिमा छोडी
खै कता हरायो
पछि सुनँे आमालाई पनि उसले
मेरै गति गरायो
कानुन पनि त्यस्तै रहेछ
उसैको कुरा सुनी
हामीलाई लापत्ता ठहरायो
हामी जिउँदो छँदाछँदै
सारा सम्पति उसकै नाममा गरायो ।
हे काली तिमीसँग
श्रवण कुमार भनेको त
कस्तो गधा प्रसाद मागिएछ
दुर्भाग्यले हो कि कुबुद्विले
आज यो नरकमा फ्याँकिएछ ।
थाह छैन अर्धाङ्गिनी पनि
अशक्त छिन् कि जाति
कुन दैबले खोजिदेला
उनी आजभोलि,
यतै छिन कि माथि ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































