साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय कविता महोत्सवमा प्रोल्लास प्रथम

Nepal Telecom ad

काठमाडौं, चैत्र १४, २०७२ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयको ‘गाउँको बृद्धालय’ शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरेको छ । पाँचथरकी कवियत्री सरस्वती दुमी राईको ‘आमा, जाँतो र मेरो जिन्दगी’ शीर्षकको कविता द्वितीय भएको । महोत्तरीका कवि राजु स्याङ्गतानको ‘एउटा दासको घोषणापत्र’, बझाङ्गका कवि सोझो गाउँलेको कविता ‘तातो बालुवामा छाती धसिरहेको जिन्दगी’ र तनहुँका कवि सुदेश सत्यालको कविता ‘जन आवाज’ तृतीय भएका छन् ।

प्रतियोगितामा प्राप्त कुल १४३ कवितामध्ये ३१ वटा वाचनका लागि छानिएको र त्यसबाट १० उत्कृष्ट हुँदै विजयी घोषणा गरिएको प्रतिष्ठानका सदस्य–सचिव डा. जीवेन्द्रदे्रव गिरीले जानकारी दिनुभयो । यस वर्ष पुरस्कारको राशि बढाएर प्रथम हुनेलाई रु. ३० हजार, द्वितीयलाई रु. २५ र सान्त्वनालाई रु १० हजार प्रदान गरिने भएकोे प्रतिष्ठानका काव्य विभागका प्रमुख डा. अमर गिरीले बताउनु भयो । प्रतियोगितामा कवि दिनेश अधिकारी, पुरुषोत्तम सुवेदी, जगत उपाध्याय प्रेक्षित, उपेन्द्र सुब्बा र डा. धनप्रसाद सुवेदी निर्णायक रहनु भएको थियो ।

कार्यक्रममा तुल्सी दिवस, पूर्णविराम, डा. देवी नेपाल, हरिगोविन्द लुइँटेल, सुलोचना मानन्धर, नरेश शाक्य, आरएम डङ्गोल, वियोगी बुढाथोकी, ठाकुर बेल्वासे, गीता त्रिपाठी, केशव सिलवाल लगायतले अतिथिका रुपमा कविता वाचन गर्नु भएको थियो ।

महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्नुभएको थियो । हरेक वर्ष असार ९ मा हुने कविता महोत्सव भूकम्पका कारण पछि सरेको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x