साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाखुसी साहित्य समाजको ८१ औँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं, चैत १३, ०७२ । सामाखुसी साहित्य समाजद्वारा आयोजना गरिएको नियमित कविगोष्ठीको ८१ औं शृंखला सम्पन्न भएको छ । गोष्ठीमा समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्व र देवीप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा श्रीहरि फुयाल, रामप्रसाद पन्त, द्वारिका कुइकेल, रिता खतिवडा, सुनिता सापकोटा, अरुण नदी खत्री, कमल सरगम, परशु पराजुली, शारदा पराजुली, दिनेशविक्रम थापा, लिलाराज दाहाल, कृष्णदेव रिमाल, श्रीधर पौडेल, उमेश पाण्डे, तारा के.सी., मेदनीकुमार केवल, लालबहादुर भुजेल लगायत ५३ जनाले आ–आफ्ना कविता पढेर सुनाएका थिए ।

कार्यक्रमको सञ्चालन उदास कार्कीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष दिनेशविक्रम थापाले र सुनाइएका कविताहरूको समीक्षात्मक टिप्पणी हेमराज अधिकारीले गर्नु भयो ।

प्रस्तुतिः अरुण नदी खत्री

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x