साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँको वृद्धालय

Nepal Telecom ad

(राष्ट्रिय कविता महोत्सव २०७२ मा प्रथम घोषित)

बुढाबुढीमात्र छौँ गाउँमा
छोराछोरीहरू छैनन्
सखारै
चराजस्तै चिर्बिराउने
नाति नातिनाहरू छैनन्
आँगनको डिलमा फूल छ
तर टिप्ने कलिला आँखाहरू छैनन्
त्यो अम्बाको बोट
जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरू
त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो
बिहान जसरी रित्तो ब्युँझन्छ
उस्तैगरी सुत्छ
रित्तो रित्तो साँझ
डाँडामै छाडेर डाँडामाथिको घाम
आफैं अनाथ भएका छन् सहरमा छोराछोरीहरू
आउँछन्,
अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन्
एउटा कैदीजस्तै जिन्दगी दिन्छु,
हिँड् भन्छन्
वनै मग्मगाउने वनफूल गमलामा सजाउँला ठान्छन्
पिँजडाको लोभ देखाउँछन्
गाउँ ब्युँझाएर कहिल्यै नथाक्ने चरालाई ।
यी डाँडापाखाहरू
टारी फाँटहरू
जंगल चौतारीहरू
अनि बाँडेर कहिल्यै नरित्तिने मन
कसरी अटाउँ
उनीहरूको साढे दुईआने सहरमा ?
बाँच्नुको दुःख बिल्कुलै छैन यता
पोथ्राको गुँड हेरेर पनि
जिन्दगी चलेकै छ
बच्चा काढ्छन्
मुखको गाँस खुवाउँछन्
उडाउँछन् हाँगाहाँगा पछ्याउँदै
त्यही हाँगामा तुर्लुङ्ग झुन्ड्याइदिन्छन् अन्तिम श्वास
तथापि आश गर्दैनन् बच्चाहरूसँग
बूढीलाई
रातो लगाएरै मर्ने रहर छ
उसको जीवनको रङ खोसेर
उडिहाल्ने पो हुँ कि जस्तो हुन्छ कहिले कहिले
उस्तै त्रास भक्कानो बाँधेर बर्बराइरहन्छु,
‘भित्रिएकी थिइस् तँ अघिअघि
बाहिरिने पालो मेरो अब’
जति बूढो भएनि नसुक्ने पसिनाको गन्ध उस्तै छ
जति हिउँद खेपेनि उर्लिरहने आँसुको भेल उस्तै छ
एकअर्काका ससाना दुःखहरूसँग
जिस्किरहन्छौं, झस्किरहन्छौं
तर, श्वास छउन्जेल
यो मन्दिर छाडेर कतै जाँदैनौं
यौटा पशुपति म उनको यतै छु
यौटी गुह्येश्वरी उनी मेरी यतै छिन् ।

सिन्धुलीे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिल्लो गधा

चिल्लो गधा

प्रोल्लास सिन्धुलीय
कहिल्यै ननिभ्ने धुवाँ

कहिल्यै ननिभ्ने धुवाँ

प्रोल्लास सिन्धुलीय
म लोग्नेमान्छे

म लोग्नेमान्छे

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x