साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म लोग्नेमान्छे

Nepal Telecom ad

स्वास्नीले height=
अकमकाइन् भने बाबुको नाम भनिदिन {{read_more}}
दौडिनुपर्छ डिएनए प्रयोगशालातिर
‘सन्तानको बाउ हुँ’ भन्ने दम्भ
कर्कलाको पानीजस्तो छ मेरो

म पुरुषप्रधान समाजको लोग्नेमान्छे
मलाई कसैले 
बाउ औँल्याइदिनुपर्छ
मलाई कसैले 
मर्द साबित गरिदिनुपर्छ

कुन्तीले 
नपुङ्सक घामलाई बाउ देखाउँदा
‘असली बाउ म हुँ’ भन्न नसक्ने
पार्वतीले 
‘शरीरको मयलको पोको हो’ भन्दा
चुपचाप पत्याइदिनुपर्ने 
युगौँदेखिन् अझैसम्म 
मेरो हैसियत उस्तै छ—
पुत्रेष्टि यज्ञको प्रसाद खाएर
बग्रेल्ती जन्मिएका छोराहरूको बाउ
म त्यही महान् दशरथ हुँ

कसैले
‘यी सन्तान तेरा होइनन् 
कुशका हुन्’ भन्दा 
‘होइनन्’ भन्नुपर्ने
‘हो रहेछन्’ भनिदिँदा 
‘हो पो रहेछन्’ भन्दै हिँड्ने
मर्यादा पुरुषोत्तम राम हुँ म
सुपर्णखाको नाक काटेर पनि
आफ्नो नाक जोगाउन नसक्ने
उही आज्ञाकारी लक्ष्मण हुँ म
सात वर्षीया बालिकालाई 
वैवाहिक बलात्कार गरेर
बच्चा जन्माउने सामर्थ्य देखायो भनिदिँदा
‘बलात्कार गर्ने सामर्थ्य थिएन’ भन्न नसक्ने
सत्तरी वर्षीय जीर्ण पुरुष 
शिव शर्मा ब्राह्मण हुँ म
महिनौँ दासी बनाएर पनि
‘छोएकै रहेनछ’ भन्दा 
‘छोएको हो’ समेत भन्न आँट गर्न नसक्ने
महावली रावण हुँ म
एउटी द्रौपदीको दम्भ तोड्न नसक्ने
पञ्चपुरुष पाण्डव हुँ म

पुस्तौँदेखिन् अझैसम्म
मेरो अहम् ज्यूँका त्यूँ छ
मेरो पुरुषार्थ जस्ताको तस्तै छ
म लोग्नेमान्छे
म पुरुषप्रधान समाजको एउटा पुरुष
मलाई अझै
कसैको ‘बाबु’ हुनुमा सङ्कट छ
मलाई अझै 
कसैको ‘छोरो’ हुनुमा पनि सन्देह छ ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिल्लो गधा

चिल्लो गधा

प्रोल्लास सिन्धुलीय
कहिल्यै ननिभ्ने धुवाँ

कहिल्यै ननिभ्ने धुवाँ

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x