साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतार

Nepal Telecom ad

 height=

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई स्कुल पुग्न हतार छ {{read_more}}
कसैलाई कलेज पुग्न हतार छ
कसैलाई अफिस पुग्न हतार छ
कसैलाई मिटिङमा पुग्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई खेतबारीमा पुग्न हतार छ
कसैलाई गाईबाख्रा चराउन हतार छ
कसैलाई सवारी चलाउन हतार छ
कसैलाई व्यापार गर्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई कार्यक्रम गर्न हतार छ
कसैलाई समाचार टिप्न हतार छ
कसैलाई गीतसङ्गीतमा रम्न हतार छ
कसैलाई मोजमस्तीमा डुब्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई दुई नम्बरी गर्न हतार छ
कसैलाई जालझेल गर्न हतार छ
कसैलाई चोरी चकारी गर्न हतार छ
कसैलाई तासजुवा खेल्न हतार छ ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

म पनि धेरै हतारमा छु
यो लेखिसकेर अर्को कविता लेख्न ।

सबैलाई हतार छ आफ्नो काम गर्न ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x