साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– ४

Nepal Telecom ad

दुष्चक्र

यो सरकार गिर्छ । बिहान गिर्छ, दिउँसो गिर्छ, बेलुकी गिर्छ । दिनरात गिरिरहन्छ । तस्करको पाउमा लम्पसार परेर गिर्छ । कालाबजारियाको गोडा छेउछाउमा पनि सरकार गिर्छ । मुठ्ठी बटार्दै ‘हाम्रो माग पूरा गर’ भन्ने जत्था आयो भने ठाउँको ठाउँ गिरिहाल्छ । छरछिमेकबाट कोही आउनै हुन्न, पुर्लुक्कै गिर्छ । अलि दिनपछि बोर्डिङ स्कुलको शुल्क बढाउन खोज्छ, त्यसबेला सरकार लम्पसार परेर गिर्छ । कुनै आईएनजीओले यसो नगर भन्यो भने गिर्छ, कुनै एनजीओले त्यसो नगर भन्यो भने पनि गिर्छ । जुनसुकै बेला जहाँसुकै सरकार गिरिरहन्छ तैपनि टिकिरहन्छ । जनता जो छन् ! अरूका अगाडि गिरे पनि जनतासामु सरकार गिर्दैन ।

महँगी घटाइदेऊ अभाव हटाइदेऊ भनेर जनता खबरदारी गर्छन्, अहँ, सरकार फिटिक्कै गिर्दैन । व्यापारीले सुविधा देऊ भन्छन् सरकार तत्क्षण गिर्छ तर जनतासँग गिर्दै गिर्दैन । सरकार भन्या जनताको हो, अरूसँग गोडामै गिरे पनि जनतासँग नगिरेसम्म सरकार टिकिरहन्छ । एकथरी नेता कहिल्यै नउठ्ने गरी अब यो सरकार गिर्छ भन्दैछन् । गिरेको सरकारलाई उठ्न नदिने दाउ तिनले गरेका हुन् । यस्तो कामलाई हाम्रोमा ‘राजनीति’ भन्छन् क्यार ! यो सरकार उठ्न नसक्ने गरी गिर्यो भने अर्काे सरकार बन्नेछ । अर्काे सरकार पनि यो सरकारजसरी नै गिरिरहने छ ।

फनफनी घुम्नेलाई चक्र भनिन्छ, यसरी गिरिरहने, टिकिरहने र एकदिन उठ्नै नसक्ने गरी गिर्ने र गिर्नकै लागि नयाँ टोली आउने कामलाई चाहिँ दुष्चक्र भनिन्छ ।

न्यायाधीश चयन, ठीक

– सांसद, पार्टीको चुनाव हारेका या बेरोजगार नेतालाई न्यायाधीश बनाइदिने । पार्टीका मान्छेले न्याय दिँदैनन् भन्ने दाबी गलत हो । न्यायालयले ‘अन्याय’ गरेर जेल हालेको मानिसलाई पार्टीले न्याय दिएको उदाहरण चाहियो ? कांग्रेस महाधिवेशन हेरिहाल्नु भो, त्यसभन्दा काइदाको उदाहरण अरू कुन चाहियो ?

– न्यायाधीश र सांसद दुवैलाई ‘माननीय’ भन्छन् । कि माननीय भन्न भएन, भन्ने हो भने जहाँसुकै मान्ने व्यवस्था गरेर माननीयको कदर गरौँ । अहा ! यताका माननीय उता, उताका माननीय यता !

– मन्त्रिपरिषदमा न्यायाधीश बस्न मिल्ने, अदालतमा सांसद बस्न किन नमिल्ने ? सांसदको पद न्यायाधीशले खान हुन्छ भने सांसद पनि न्यायाधीश बन्न मिल्छ ।

– झन् जनअदालत चलाएका अनुभवीहरूलाई न्यायाधीश बनाए गजबै हुन्छ । पद नपाएर छटपटिएका धेरै छन्, न्यायाधीश बनाएर तिनको उद्दार गर्नु आफैँमा न्याय होइन र ?

– पार्टीमा नलागेकालाई न्यायाधीश नबनाउने र ? कतै नलागेका मानिस गाउँतिर पाइन्छन् रे, न्यायाधीश बन्ने औकात भएकाहरू पार्टीकै पछाडिको ढोकाबाट फुत्त आएका हुन्छन् रे ! नबनाई सुख ? बरू पार्टी सदस्यता नभएकालाई चाहिँ न्यायाधीश बन्न नदिने व्यवस्था गरौँ, न्यायाधीश पद खाने झगडाको बीऊ निमिट्यान्न पारौँ ।

ल्हारक्याल बयान

प्रहरी : गोली कहाँबाट आयो ?
ल्हारक्याल : साथीले राख्न दियो । ओम शान्ति !
प्रहरी : साथीले दियो भन्दैमा राख्न हुन्छ त ?
ल्हारक्याल : सेवा नै धर्म हो, साथीको सेवा गरेको हुँ । ओम शान्ति !
प्रहरी : यसरी शान्ति मात्र जपिरहनेले गोली राख्न हुन्छ त ?
ल्हारक्याल : मैले नराखेको भए त्यो गोली अरू कसैले प्रयोग गथ्र्यो । त्यसैले लकरमा शान्तिसँग राखिदिएँ । गोली, बन्दुक, साथी सबैलाई शान्ति भयो । ओम शान्ति !
प्रहरी : यो गोलीले के गर्ने उद्देश्य थियो ?
ल्हारक्याल : शान्तिबाहेक मेरो कुनै उद्देश्य छैन । ओम शान्ति !
प्रहरी : त्यसो भनेर पाइँदैन, सबै कुरा भन्नुपर्छ !
ल्हारक्याल : म भिक्षु हुँ, भिक्षुका रूपमा मात्र बयान दिन्छु । ओम शान्ति !
प्रहरी : गोली राख्ने, राजनीति गर्ने, राज्यकोषबाट तलब खाने अनि हाम्रो फन्दामा परेपछि चाहिँ भिक्षु हुँ भन्ने ?
ल्हारक्याल : मैले तलब लिएको छैन । अरूले लिए तलब हुन्छ, हामीले लिए भिक्षा हुन्छ । ओम शान्ति !
प्रहरी : अनि, गोलीचाहिँ के नि ?
ल्हारक्याल : त्यो गोली पनि भिक्षा हो । भिक्षामा गोली दिए त म के गरौँ ? गोली राख्यो भनेर गाली दिँदैछन्, त्यसलाई पनि भिक्षा नै मानेको छु । ओम शान्ति !
त्यसपछि एउटा कागज तेस्र्याउँदै प्रहरी भन्छ : ‘ल, अब यो कागजमा सही गर्नूस्, यो तपाईंको बयान हो ।’ ल्हारक्याल मुसुक्क हाँस्छन्, कलम समाउँछन् र सही गर्नुपर्ने ठाउँमा लेख्छन्, ‘ओम शान्ति !’

तन्त्र, मन्त्र र यन्त्र

नामै लोकतन्त्र ! यसभित्र अनेक तन्त्र, मन्त्र र यन्त्र हुन्छन् । विराट पेट्रोलियमले पेट्रोल बेच्न थालेपछि एकसाथ अनेक तन्त्र र मन्त्र सक्रिय भए । विराटको पेट्रोलियम कारोबारको सेरोफेरोमा सल्बलाएका तन्त्रहरू स्

अर्थतन्त्र स् विराट पेट्रोलियम कम्पनीले पेट्रोल बेच्न थाल्नु अर्थतन्त्र हो ।
मन्त्र स् १ सय ३० रुपियाँ लिटरमा पेट्रोल बेच्न आयल निगमबाट अनुमति हात पार्नु मन्त्रको कमाल हो ।
लोकतन्त्र स् बढी मूल्यमा पेट्रोल बेचेकामा विरोध हुनु लोकतन्त्र हो ।
महामन्त्र स् मन्त्र र लोकतन्त्रको चरणपछि पेट्रोलको मूल्य स्वात्तै घटाइयो । यसो हुनु महामन्त्र हो ।
षड्यन्त्र स् महामन्त्रपछि षड्यन्त्रको चरण सुरु हुन्छ । मन्त्रभन्दा गुप्त हुन्छ यो ।
अनुमानतन्त्र स् लोकतन्त्रको असाध्यै महत्वपूर्ण तत्व अनुमानतन्त्र हो । यो तन्त्रले भन्छ, विराटसँगको मिलेमतो मन्त्रले वशीभूत भएको नेपाल आयल निगमले पेट्रोलियमको कृत्रिम अभाव जारी राख्छ । त्यसपछि विराटले भकाभक पेट्रोल बेच्न थाल्छ । उसको पेट्रोल छ्याप्छ्याप्ती भएपछि पुनस् मन्त्रको चरण सुरु हुन्छ र झ्याप्पै मूल्य बढाइन्छ ।

तपाईंलाई लोकतन्त्रका यी तत्वमध्ये सबैभन्दा प्रभावशाली कुन लाग्यो ?

नेपाल, चैत्र १२, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x