साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनमत सम्मान घोषणा

Nepal Telecom ad

काठमाडौँ, १६ चैत–यस वर्षको वरिष्ठ ‘जनमत साधक सम्मान’ साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरिने भएको छ । जनमत वाङ्मय प्रतिष्ठान, नेपालले जनमत साहित्यक मासिक पत्रिकाको ३२औँ वार्षिकोत्सवको अवसरमा चैत २० गते उहाँलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिनुभयो ।

प्रतिष्ठानले ‘कमला सैँजू जनमत सम्मान’ डा रीना तुलाधार, केवलपुरे, ‘जनमत सम्मान’ झमक घिमिरे, ‘जनमत महेन्द्रलाल कलाकार सम्मान’ चिरञ्जीवी माकजू, ‘जनमत जनक सेवा सम्मान’ डिल्लीराम मिश्र, ‘दीपा जनमत सम्मान’ धनमान श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, ‘गणेश÷खिलकुमारी दुवाल जनमत सम्मान’ प्रा प्रेमशान्ति तुलाधार, ‘जनमत सहयात्री सम्मान’ भवानी तावा, ‘भारती जनमत साहित्य पत्रकारिता सम्मान’ रुक्मिणी श्रेष्ठलाई प्रदान गरिने छ ।

नेपाली भाषा र साहित्यमा उत्कृष्ट योगदान पु¥याएबापत उहाँहरुलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x