साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिलो फाल्न सकिएन

Nepal Telecom ad

धेरै भयो घरको छानो टाल्न सकिएन
हृदयमा दुख्ने पिलो फाल्न सकिएन ।

मैले हिँड्ने बाटो किन भत्किएको देख्छु
आफन्तजन टाढाटाढा तर्किएको देख्छु
उदाउने कहिले होला बिहानीको घाम
जताततै फैलेको छ अभावको लाम ।

अँधेरीमा दीप यौटा बाल्न सकिएन
फाटेको यो हृदय यो टाल्न सकिएन ।

पारिसम्म जाने यौटा बाटो खनुँ भन्छु
पहिरो खसिरन्छ किन जति जति खन्छु
थाहा छैन कहाँ हुन्छ जिन्दगीको अन्त
कहिलेसम्म जाने यसको मलामी वा जन्त !

निराशाको कालो बादल फाल्न सकिएन
आशारूपी दियो यौटा बाल्न सकिएन ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x