साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती सिरियलमा

Nepal Telecom ad

श्रीमती सिरियलमा टाँस्सिरहँदा
आफू फुटबल हेर्न आस्सिरहँदा
रिमोट तानातान गरियो
झन्नै हानाहानमा परियो
आफू त शान्तिप्रेमी
त्यसैले
आफैलाई थामथुम गरियो ।

आज त जसरी पनि
फुटबल हेर्नु थियो
त्यसैले भिड्नु भन्दा
अर्कै बाटो अपनाइयो
बुढीलाई दुईचार दाम दिएर
गृहणीलाई फकाइयो
सामानको लामो लिस्ट दिएर
बजारतिर भगाइयो
बल्लतल्ल रिमोट हातमा पारियो
खुसीले कुखुरो नै मारियो
यसो सितनसँग
मुखाँ दुईचार थोपा सोमरस पनि झारियो
किनभने
आज ब्राजिलियन बन्नु थियो
दुईचार गोल पनि हान्नु थियो ।

जता बल उतै आँखाको दौडाह भयो
गोल हुन नसक्दा झनै औडाह भयो
तर गोल हान्ने बेला
झ्याप्प बत्ती गएपछि
अँध्यारोमा फुटबल भेटिएन
गोलको तलतल मेटिएन
मुला साग !
यो विद्युतको पारा कस्तो
ठ्याक्कै पानीको धारा जस्तो !
एक मनले त लाग्यो लोडसेडिङ्गलाई
एक हुल हुल्याहा लगी
कारेपातले ठोकूँ जस्तो
रत्नपार्कै पगरे तथानामले मन्त्र जप्दै
धारेहातले ढोकूँ जस्तो
रिसले पारै चढ्यो
झोकले तारै झर्यो ।

हे इन्द्र देव ! पारी देउन पानी
चट्याङ्गको दुई चार झटारो हानी
पानीको पनि धारो बग्थ्यो
विद्युतको पनि धारो बग्थ्यो
कमसेकम बागमती र टुकुचाले
राजधानीको ठुस्स गन्हाउने फोहोर लग्थ्यो
नगरपालीकाले गर्न नसकेको काम
धोविखोलाले गथ्र्र्योे
हे पानी देव !
दुई चार थोपा पानी झारी देऊन
झिलिक्क बिजुली बत्ति पारि देऊन
अँध्यारोमा फुटबल पनि देखिन्थ्यो कि
निद्रै पनि लागेन
कमसेकम गोलको तलतल पनि मेटिन्थ्यो कि !

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x