साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होशियार

Nepal Telecom ad

शहरिया गाउँ आउँछन्
र गाउँ निचोरिरहन्छन्
नआउन् पनि कसरी ?
तिनका बाजे बराज्युहरूको पुस्तौनी
सम्पति गाउँमै छ,
हो, यहि निहुँमा त
शहरियाहरू गाउँ आउँछन् ।

तर उनीहरू
आफ्नो पुस्तौनी सम्पतिको
रखवारी गर्न गाउँ आएका होइनन्
गाउँ चिथोर्न आएका हुन्, निचोर्न आएका हुन्
किसानको हलो जोतिरहने छोरोलाई
गिज्याउन आएका हुन्
मेलापातमा रमाइरहने दिदी बहिनीलाई
जिस्क्याउन आएका हुन्
तिनका बराज्युले ब्याजे लगाएको कालो पदार्थको
स्याज असुल्न आएका हुन्
र अझ, गाउँका सोझा– साझालाई भेला पार्न
र बाउला सुर्केर हिरो ठहरिन आएका हुन् ।

हेक्का रहोस् !
मेरा गाउँलेहरूलाई कि ?
उनीहरू गाउँ र हाम्रो खुब माया लागेर
गाउँ आएका होइनन्,
उनीहरू गाउँको मुहार फेर्न आएका होइनन्
केवल आफ्नो शहरिया दलाली पनमा रमेको
जबरजस्ती ‘सुकिलो’ बनेको कालो अनुहार
देखाउन आएका हुन् ।

ख्याल रहोस् !
शहरियालाई राम्रो थाहा छ
कि गाउँमा स्कुल छ, पाटी छ,चौतारो छ
र त्यहाँ सरकारले अलिकति
बजेट पठाउँछ माथिबाट ।

बिनायक– २, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x