साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको चवालिसौँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं, २०७२ चैत्र २० । अनुपम सिर्जना प्रतिष्ठान नेपालको चवालिसौँ रचना वाचन कार्यक्रम स्रष्टा खगेन्द्र खोल्साघरेको प्रमुख आतिथ्य एवं संस्थाका उपाध्यक्ष भुवनहरि सिग्देलको सभापतित्वमा एडमार्क कलेज कलङ्कीमा सम्पन्न भयो ।

उपत्याकाको पश्चिममा रहेको एक मात्र साहित्यिक संस्था रहेको यस प्रतिष्ठानले हरेक महिना आयोजना गर्दै आएको सिर्जना वाचनको यस शृङ्खलामा छन्द स्वच्छन्द कविता, गीत, गजल तथा मुक्तक सिर्जना वाचन गरिएको थियो । वाचित रचनाहरू देश भक्तिमूलक र जनचेतना मूलक थिए ।

रचना वाचन गर्ने स्रष्टा खगेन्द्र खोल्साघरे, विनुबाबा भण्डारी, दुर्गा रिसाल, विजयध्वज थापा, भुवनहरि सिग्देल, वैरागी जेठा, अगन्धर अधिकारी, लक्ष्मीप्रसाद मिश्र, सूर्यकुमार पण्डित, भाग्यशाली अधिकारी, सुनिता सापकोटा, सपना घिमिरे, नवराज स्मित, देवराज भन्तना, यादव भट्ट, जगदीश्वर पोखरेल, रमेशप्रसाद गौतम, डा.गाउँले बलदेव, डा.जीवन अधिकारी, बलराम दाहाल, पूर्णप्रसाद पन्त, प्रमोद थापा, आवाज शर्मा, निर्मल पराजुली, जनसर्दन अधिकारी, यदुनाथ भट्ट, रामप्रसाद दाहाल, मन्जुल श्रेष्ठ, प्रदिप अधिकारी, रुद्र अधिकारी, श्रीधर पौडेल, रीता खतिवडा, कृष्णदेव रिमाल, द्वारिका कुइकेल, लक्ष्मी श्रेष्ठ, सुमन घिमिरे, रामशरण श्रेष्ठ, सीता प्याकुरेल, महेन्द्र रोका, सञ्जिव प्रदीप्त, श्यामकुमार राई, हरिशरण अर्याल तथा उदास कार्की हुनु हुन्थ्यो ।

संस्थाका महासचिव जगदीश्वर पोखरेलले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने सचिव जितु खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x