साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प नारायण !

Nepal Telecom ad

भूकम्पनारायण
मैले एक तले हाल्दा
उनले दुइतले ठोके
मैले दुइतले बनाएपछि
उनले चार तले बनाइ रिस पोखे
तिमी आएपछि
मैले कुम्लो कुन्थो बोकेर
चौरीमा पाल ठोकेँ
उनले पनि मेरै नजिक
डेराडुन्डी बोके
आज भोलि उनको
धनको फूर्ति पनि
अलिक घट्दै आको छ
हैन ए भूकम्प नारायण
कति कुरो त
तिमी आएपछि
राम्रो पनि त हुँदै गाको छ ।

अर्का छिमेकी पनि
टेडा यस्ता कि
ठ्याक्कै भेडा जस्ता
छिमेकीहरूसित त बोल्दै नबोल्ने
कहिले भेट्न जाँदा पनि
घरको गेट खोल्दै नखोल्ने
टोलसभामा बोलायो भने पनि
आउँदै नआउने
दुइचार पैसो उठाउँदा पनि
टेरपुच्छरै नलाउने
अजभोलि त साथी हरेकको घरमा गाको छ
तिमी आएपछि त भूकम्प नारायण
साँच्चै कुनै कुरो त गजबै भाको छ ।

तल्लोघरे जेठो पनि
तल झर्दै नझर्ने
टोल छिमेकमा कसैलाई क्यै परे
अघि सर्दै नसर्ने
मानौ
महादेव पनि उसैसँग
लक्ष्मी नारायण पनि उसैसँग
हनुमान पनि उसैसँग भाको जस्तो
घमण्ड पनि यति कि अमृतै खाको जस्तो
अचेल त साथी मुसा जस्तो भाको छ
छिमेकी चाहिँदो रहेछ भन्दै
हरेको काम कुरोमा आको छ
हैन हो भूकम्प नारायण
तिमी आएपछि राम्रो कुरो पनि त भाको छ ।

मान्छेको लोभ कस्तो
आकाशै चाहिएला जस्तो
मान्छेको लालच कस्तो
स्वर्ग नै पाइएला जस्तो
तिमी आएपछि त
मान्छे दयावान हुँदै गाको छ
जे भए पनि भूकम्प नारायण
तिमी आएपछि
धेरै कुरा राम्रो पनि भाको छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x