साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
हुने गरेको यहाँ सधैँ इमानको ठूलै व्यापार देखेँ
सिन्डिकेटको अगाडि कति निरीह यो सरकार देखेँ
हिजोसम्म औंलामा नचाउँथ्यो जसले यो मुलुकलाई
आज भएको ऊ आफै ल हेर कति लाचार देखेँ ।

२.
नेताले भुल्न थालेछ खाएको कसम पनि
कविले बेच्न थालेछ आफ्नै त्यो कलम पनि
देख्दा देख्दै परेको त्यो आधात देशको आस्मितामाथि
भेट्टिएन कोही लगाइदिने यो चोटमा मलम पनि ।

३.
याद आउँछ्यौ कति तिमी ? यो छातीमा लहर बनेर
किनारमा उभिएको छु म आज मानौ कुनै ध्वस्त खण्डहर बनेर
जता ह¥यो उतै देख्छु म अचेल शहरमा सुनसान छाएको
मान्छे पनि उभिएका छन् सालिक झैं पत्थर बनेर ।

४.
जाऊ, गएर पहिले तिमी समुद्र हेर
अनि गर्नु फेरि मसँग प्यासको कुरा
तथ्य बङ्ग्याउन थालिसकेपछि धेरैले यहाँ
को पत्याउँछ अव इतिहासका कुरा ?

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x