साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँडे पजनी

Nepal Telecom ad

‘पाँडेको पजनी’ उखान छ यहाँ गाली कि व्यङ्ग्यार्थ हो
यो मेरो थरसाथ मिल्छ यसको सन्दर्भ बेग्लै थियो ।
इच्छा माफिकले पदोन्नति गर्यो, खोजी दियो जागिर
खोस्यो, घात गर्यो लिएर बदला यो अर्थ हो आखिर ।।

आफ्नो व्यक्ति अयोग्य नै किन नहोस् खोजेर भर्ना गर्यो
वैरी पक्ष रहेछ सक्रिय भने खोजी निकाला गर्यो ।
जे जे गर्न हुँदैनथ्यो तर त्यहीँ गर्थे अरे झोकले
यस्तो काम गरेर नाम यसको राखे हुनन् लोकले ।।

त्यो बेला गुटले लिएर बदला नेपाल आक्रान्त भो
ऐले सक्रिय छन् निकै गुटहरू यो रोग जन्मान्त भो ।
ओढी खोल अनेक सङ्गठनको, पार्टी र सञ्जालको
सारा अस्त र व्यस्त कानुन मिली मिच्छन् र यो हाल भो ।।

चिन्छन् योग्य, अयोग्य के छ नभनी साली र सालाहरू
किन्छन् झट्ट गएर काम नभए चाबी र तालाहरू ।
लाग्छन् उच्च पदस्थ व्यक्ति नहुने पो लोक सेवातिर
धेरै मानिस जान तत्पर हुने यो ‘ठोक सेवा’ तिर ।।

चाँडो उन्नति हुन्छ एक दल वा नेता अँगाल्यो भने
जे जे गर्नु हुँदैन गर्दछ त्यही सत्ता समाल्यो भने ।
नातेदार जहाँ जहाँ छ सकिने भर्ती गराए सब
घोडाझैँ छ लगामहीन कुप्रथा सुध्रिन्न होला अब ।।

सारा बाघ लखेटिए सहरमा मान्छे पसी जङ्गल
हामी हात धुने प्रशिक्षण लिने पुग्दा उता मङ्गल ।
‘हाम्रो’ बिक्दछ योग्य मानिस भने पर्छन् कुनै जालमा
हाँडी गाउँ समान अन्त नहुने जात्रा छ नेपालमा ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x