चूडामणि रेग्मीचारैतिर छायो !
१. आयो ! आयो ! के नै आयो ! जुँगामुठे आयो !
प्रतिकृयावाद यहाँ निर्लज्ज नै छायो !
२. राणा तन्त्र प्रजा तन्त्र पन्चायती तन्त्र
भित्र बढेको यो तन्त्र ऐले पनि छायो !
३. काङ्ग्रेसमा पस्यो ! बस्यो ! माले एमालेमा
माओवादी भित्र छिर्दै पखेटे भै’ छायो !
४. के के रूप धर्यो ! ओहो ! वहुरूपी भयो !
समाज नै भास्सिने यो छाल जस्तै छायो !
५. फेसनमा व्यसनमा व्यासासन पुग्यो !
सेकेन्डमा कैयौं टाढा पुग्ने गरी छायो !
६. कालिदास मान्छे वन्यो बस्या’ हाँगो काट्यो !
प्रतिक्रियावादे हावा चारै तिर छायो !
७. वुढा भित्र वुढी भित्र समाजकै भित्र
लिसो भयो ! नखेदिने चोप जस्तै छायो !
८. परीक्षण निरीक्षण मूल्याङ्कन स्वाहा !
भोजमोज डुलफिर वौरिएर छायो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































