साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्क न बक्क–परेका छौँ छक्क

Nepal Telecom ad

(प्रथम दिनको प्रथम प्रकम्पनका सन्दर्भमा)

हे वर्ष २०७२, राम्रै भयो–तिमी गै गयो,
के स्मरण छ तिमीलाई ?
तिम्रो स्वागतमा तोरणद्वार सजाइएका थिए,
नेपाली मनमा उमङ्ग र उत्साह चुलिएका थिए,
शुभकामनाका फूलहरू हाम्रा
चाहना र भावनाको बिरुवामा फक्रिएका थिए ।
मुस्कानको मखमली आँगनमा हामीले
पञ्चेबाजाको मधुर धुनका बीच तिम्रो
भव्य स्वागत अभिवादन गरेका थियौँ ।
तर हरे ! तिमी त मारिचवादी
भेडाको छालामा लुकेको ब्वाँसो पो निस्केछौ ।
नेपाल पसेको बारह गते बारहऔँ दिनमै
बारह बजे नै बारह बजाई दियौ ।
आफ्नो असली रुप देखाउँदै
हजारौं निर्दोष नेपालीलाई दिउँसै निलिलियौ ।
भयंकरको भुइँचालोले सबैतिर
त्राहिमाम् त्राहिमाम् काम तमाम,
सरेआम नृशंस कत्लेआम
आमा छ छोरो छैन्, छोरो छ आमा छैन
कसैको त यस्तो बिजोग कोही रुनेवाला छैन ।
तिमी यतिसम्म भयौ उदण्डित कि,
नेपाली इतिहासको धरोहर
‘धरहरा’लाई नै पारिदियौ खण्डित
धुलाम्यमण्डित ।
हजारौँ निर्दोष नेपालीलाई मारेर पनि
तिमी कहाँ रोकिनेवाला थियौ ?
त्यसपछि त झन् ल्याएर धकेलिदियौ
नाकाबन्दीको भेलको मझदारमा
फरक देखियो सबैको बोली र व्यवहारमा ।
हाम्रो स्वाभिमानलाई बेस्सरी चिमोटियो
अस्मितालाई घाइते पारियो
सबैतिर अभावै अभावको थियो चित्कार
अव्यवस्था अन्यौलको भै दियो विस्तार
जताततै थिए आगोका फिलुङ्गाहरू
आफ्ना भनाउने नजीकका मित्रहरूले पनि
देखाए अचम्भको व्यवहार ।
त्यसमाथि हवाइ र स्थलयात्रामा
मारिने थपिए हजारौं–हजार ।
पीडाको रहेन कतै कुनै पार ।
संविधानको खुसियाली पनि
तुसारोले ढाकेको बगैंचा जस्तै भयो ।
तीस गते राति तिमीलाई बिदा गरेर
रमाउँदै हामी ढुक्क हुन नपाउँदै
आगन्तुक वर्ष २०७३ को
प्रथम दिनको प्रथम प्रकम्पनले
खोइ किन हो कुन्नि चिसो पसेको छ मनमा
कतै तिमी नै त रुप फेरेर फर्केका छौ कि ??
यही आशंका डरत्रासले हामी किंकर्तव्यविमुढ भै
‘अक्क न बक्क– परेका छौँ छक्क’ ।
तर अहिले पनि काला मडारिने बादलहरूसँग
युद्ध लडेर जित्न सकिन्छ,
सानो र सजिलो शर्त एउटै छ
कुनै एक नेपालीको खुट्टामा
बिजेको काँडाको पीडा
प्रत्येक नेपालीलाई हुनु पर्छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
आश ठूलै जागेको

आश ठूलै जागेको

लक्ष्मण नेवटिया
भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट

भोट हो भोट !...

लक्ष्मण नेवटिया
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x