बूँद रानाजिन्दगी
सेती हो जिन्दगी यो काली हो जिन्दगी
बग्न नजाने गन्दा नाली हो जिन्दगी ।।
पहिरन्छ माला कैले मोसो दलाउँछ
ताली कतै कसैको गाली हो जिन्दगी ।।
ढंग नपुग्दा ढुङ्गा काँढा बिझाउँछ
होइन भने त फूलको डाली हो जिन्दगी ।।
राती अँधेरी कोप्ची थेप्ची भए पनि
प्रभातमा उषाको लाली हो जिन्दगी ।।
सिद्धान्त हो कसैको संघर्ष हो भने
कसै कसैको साला साली हो जिन्दगी ।।
Subscribe
Login
0 Comments
Oldest








































