साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्याैली : बिरबलको बुद्धि

Nepal Telecom ad

महाराज अकबरको दरबारमा बिरबलको क्षमता देखेर मन्त्रीहरू नै हायलकायल हुन्थे । दरबारमा एक मन्त्री महामन्त्री पद पाउने लोभमा थिए । त्यसैले उनले एउटा योजना बनाए । ती मन्त्रीलाई दरबारको मुख्य सल्लाहकार बिरबल भएसम्म महामन्त्रीको पद पाइन्न भन्ने राम्ररी थाहा थियो ।

त्यसैले उनी बिरबललाई तह लगाउन राम्रो मौका खोजीमा थिए । एक दिन दरबारमा अकबरले बिरबलको खुव प्रशंसा गरे । यो सुनेर मन्त्रीलाई रिस उठ्यो । उनले सिधै महराज अकबरसँग भने– ‘यदि बिरबलले मेरा तीन प्रश्नको उत्तर दिन सक्षम भए मात्र म उसको बुद्धिमता स्विकार गर्छु नत्र बिरबल महाराजको चाप्लुस मात्र भएको प्रमाणित हुन्छ ।’

बिरबलको क्षमताबाट परिचित अकबरले पनि मन्त्रीको यो प्रस्ताव स्विकार गरिहाले ।
ती मन्त्रीको तीन प्रश्न थिए–
१.आकाशमा कतिवटा तारा छन् ?
२.पृथ्वीको केन्द्र कहाँ हो ?
३.सारा संसारमा कति स्त्री र कति परुष छन् ?

उ बेला अहिलेसम्म तारा सम्बन्धी अध्ययन गर्ने विज्ञान, उपकरण केही थिएनन् । त्यसैले कति हो अनुमान गर्नु असंभव थियो । पुरै पृथ्वी भ्रमण गर्ने अकबारको राज्यमा कोही थिएनन् त्यसै पृथ्वीको बिच यही हो भनेर कसले भन्ने ? त्यसैगरी पृथ्वीको जनसख्या त्यतिखेर कस्ले गनेको थियो र ? मन्त्रीका सवै प्रश्नहरू बिरबललाई फसाउने हेतुले तयार पारिएको थियो ।

तर बिरबलले बुद्धि प्रयोग गरेर उत्तर दिए जो इतिहासमा अमर बने ।
पहिलो प्रश्नको जवाफ थियो–
बिरबलले एउटा भेडा दरबारमा तत्कालै मगाए र भने यो भेडाको शरीरमा जति रौं छन् आकाशमा त्यतिनै तारा छन् । नपत्याए गनेर मन शान्त पार्नुस्, बिरबलले मन्त्रीतर्फ हेर्दै मुस्कुराए ।

दोस्रो प्रश्नको उत्तर–
बिरबल अलि पर गए, धर्का तानेजस्तो गरे, हिसाब गरेको झै गरे । एकछिन् बहुत सोचबिचार गरेर एउटा फलामको डण्डी जमिनमा गाडे । उनले महाराज अकबरलाई भने– महाराज यही हो पृथ्वीको केन्द्र, नपत्याए नापेर हेर्न लगाउनुस् ।’

तेस्रो प्रश्नको उत्तर–
बिरबलले भने– महराज यो संसारमा केही मान्छे न पुरुषको श्रेणीमा आउँछन् न महिलाको श्रेणीमा । ती मध्ये केहि मानिस हाम्रै दरबारमा छन् । जस्तै यी मन्त्री (प्रश्न सोध्ने मन्त्री) । यदि तपाईंले यी मन्त्रीलाई मारिदिनु भयो भने म महिला र पुरुषको सही सङ्ख्या बताउन सक्ने थिएँ ।’

बिरबलको यस्तो कुरा सुनेर ती मन्त्री डरले थरथर काँप्न थाले र भने, ‘महाराज अकबर, मलाई सवै प्रश्नको उत्तर मिल्यो । म बिरबललाई बुद्धिमान स्विकार गर्छु ।’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x