साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युगकवि पुरस्कार सिक्किमका चाम्लिङलाई

Nepal Telecom ad

काठमाडौं, ८ वैशाख । सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवनकुमार चाम्लिङलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष प्रा. डा. मोहन लोहनीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ साहित्यकार चाम्लिङलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्याए बापत सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकार चाम्लिङका ‘प्रारम्भिक कविता’, ‘अन्त्यहीन सपना’, ‘मेरो विपना’, ‘म को हुँ !’ कवितासङ्ग्र्रह तथा ‘सिक्किम र नारीको मर्यादा’जस्ता कृति प्रकाशित छन् ।

युगकविको १०५ औँ जन्मजयन्तीका अवसरमा आगामी जेठ ९ गते उहाँलाई रु. एक लाख बराबरको उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले जेठ ८– १० गते विविध कार्यक्रम गर्ने निर्णय समेत गरेको प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले बताए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x