साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव मुर्दावाद !

Nepal Telecom ad

हामी विभिन्न साना राजनीतिक दलका डुहुरे कर्मचारी संगठनहरूले सिंहदरबारभित्र गरेको धर्ना, तालाबन्दी र नाराबाजीका सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले रहरले यो आन्दोलन गरेको होइन । हाम्रो थातथलो, गरिखाने मेलो र खाइपाइ आएको अधिकार तथा सुविधा मात्र होइन, हाम्रा संगठनको घाँटी नै थिच्न खोजिएकाले बाध्य भएर निषेधित क्षेत्रमा आन्दोलन गर्नु परेको हो । हामी सीमान्तकृत संगठनहरूले सपनामा पनि जित्ने कल्पना नगरेको चुनावी भुंग्रोमा धकेलेर सरकार र ठूला भनाउँदा युनियनहरूले हामीलाई स्वाहा पार्न खोजेको भएर हामीले तिनीहरूको षड्यन्त्र र दादागिरीविरुद्ध आफ्नो अस्तित्व रक्षाका लागि यो आन्दोलन गर्नुपरेको हो । चुनाव नामको फाँसीको डोरी हाम्रा घाँटीनेर हल्लिन थालेकाले विद्रोह गर्नुपरेको हो । अल्पसंख्यकहरूको अधिकार रक्षाका लागि लड्नु परेको हो ।

चुनाव नभएकाले नै हामी छौँ । हाम्रो अस्तित्व छ । हामीले पनि कुनै ठूला संगठनभन्दा कम योगदान गरेका छैनौँ, ट्रेड युनियन आन्दोलनमा । चुनाव नभएकैले हामीले पनि तिनीहरूले जत्तिकै आफ्ना अड्डाहरूमा दह्रो अड्डा जमाएका छौँ । अफिसका हाकिम भनाउँदाहरूलाई हाराबारा खेलाएका छौँ । सचिवरमन्त्रीहरूसँग कुममा कुम जोडेर ‘चियर्स’ गर्न पाएका छौँ । कर्मचारी प्रशासनलाई बस् भन्दा बस्ने, उठ् भन्दा उठ्ने बनाएका छौँ । सरकारको सरुवा नीतिलाई लोप्पा ख्वाएका छौँ । बढुवामा लोभ्याएर वा धम्क्याएर भए पनि हामीले आफ्ना मान्छेलाई उत्तीर्ण गराएका छौँ । कतिपय भ्रष्टाचार वा अनियमितता गर्नेहरूलाई सदासयपूर्वक सदस्यता दिएर उनीहरूको रक्षाकवच बनेका छौँ । हामीले हाम्रा कर्मचारी साथीहरूलाई यति सुविधासम्पन्न बनाएका छौँ, उनीहरूलाई हाजिर गरेबापत तलब, काम गरेबापत अतिरिक्त शुल्कको व्यवस्था मिलाएका छौँ ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको सम्पूर्ण अभ्यास हामीले अड्डाहरूमै गरेका छौँ । युनियनका नाममा हामी हरेक संगठनका सयौँ कर्मचारीले पूर्णकालीन बनेर कार्यालयको काम छाडेका छौँ । हामीले समयमा कार्यालय नगए पनि हुन्छ, हाजिर जुनसुकै बेला गरे पनि हुन्छ । हामीलाई कसैले कुनै प्रश्न उठाउने आँटै गर्दैन । हाम्रो राजनीतिक पहुँच देखेर हाकिमहरू नै हाम्रो चाकरीमा आउँछन् । हामीलाई रिझाउन धाउँछन् । सर्वसाधारण कर्मचारीका अगाडि सिंहजस्तो गर्जिने उनीहरू हाम्राअगाडि भिजेका स्यालजस्ता हुन्छन् । अधिवेशन, साधारणसभा, परिषद्, गोष्ठी, तालिम, भ्रमण अनेक नाममा ठूला युनियन जत्तिकै सरकारी खर्च र सुविधा लिएर बजाउन पाएका छौँ ।

चुनाव नभएकाले नै हामीले यी सबै पराक्रम गर्न सकेका हौँ । चुनाव भन्ने शब्दै सुन्दा हामीलाई भित्रैदेखि भाउन्न होला जस्तो हुन्छ । हामी चुनाव नहुँदा नै आनन्दित छौँ, सन्तुष्ट छौँ, अधिकार सम्पन्न छौँ । हामीले चुनाव मागेकै छैनौँ । नमागेको कुरा हामीलाई जबर्जस्ती लाद्न खोजिएकाले हामीले विरोध गरेका हौँ । ठूला संगठनहरूले चुनाव खोजेकै होइनन्, हाम्रो हैसियत उधिनेर हामीलाई सिध्याउन खोजेका हुन्, त्यसैले हामी चुनाव बहिष्कार गर्छौं । आफ्ना खुट्टामा आफैँले बन्चरो हान्ने चुनाव कुनै हालतमा हुन दिन्नौँ । वर्षौंदेखि खाइपाइ आएको सुविधा खोस्ने चुनावको हामी भण्डाफोर गर्छौं ।

– छँदाखाँदाको हाम्रो साम्राज्य ध्वस्त बनाउन खोज्ने ठूला युनियनहरूको दादागिरी बन्द गर !

– सम्पूर्ण डुहुरे युनियनहरू एक हौँ !

– चुनाव मुर्दावाद !

नेपाल, वैशाख १, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x