साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्ध्याकरण

Nepal Telecom ad

“ए खैरी लौ हिडिहालौं, अब यहाँ एक मिनेटमात्रै बढी बस्नु पनि ठिक छैन नत्र अनर्थ हुनसक्छ ।” (हस्याँङ फस्याँङ गर्दै दौडेर आएको पाङ्ग्र्रे कुकुरले कुद्दा बढेको सासलाइ नियन्त्रण गर्न कोसिस गर्दै भन्यो ।

अकस्मात आफ्नो डाँगो यस्तो अत्तालिँदै फर्किएको र बसिरहेको स्थान नै परित्याग गरेर अन्तै भाग्ने कुरा गरेकाले खैरी अलिकति डराई र अलिकति अश्चर्यचकित पनि भै अनि उसका मनमा पलाएको डर र कुतुहलतालाई मेटाउँन सोधी–“किन के भयो र ? हामी यो ठाउँ छोडेर भाग्नु पर्यो ?”

“हामीले सिंहदरबारमा उधुम मच्चायौँ भनेर हाम्रो बन्ध्याकरण गरिदिने अरे नि । र बन्ध्याकरण गर्नको लागि भनेर तीन करोड रुपैयाँको बजेटसमेत छुट्ट्याइ सकेछन् त बाबै ।” पाङ्ग्रेले उसै गरेर स्वाँस्वाँ गर्दै भन्यो र थप्यो– “हाम्रा त सन्तान पनि छैनन् कतै हाम्रै बन्ध्याकरण गर्दिए भनें त… खत्तम हुँदैन ?”

भूकम्पले पर्खाल भत्काउँदा परेका प्वालबाट पाङ्ग्र्रेका अनुपस्थितिको फाइदा उठाउदै खैरीसँग इत्तरिइ रहेको घट्टेकुलाको फुर्केले ङिच्च दाँत देखाउँदै भन्यो– “खुच्चिङ पाङ्ग्रे खुचिङ खुब् हामीलाई सिंहदरबार भित्र छिर्न त परै जावस् ओरिपरी ढिम्किन पनि दिँदैन थिइस् नि, अब स्वाद पाउँने भइस् बल्ल तैले पनि ।”

फुर्केका कुरा सुनेर पाङ्ग्र्रेका कन्सिरी तातेर आए । अनि उसले पर्खाल भएको हेक्कै नराखी फुर्केमाथि झम्टियो । त्यसै पनि फुर्केले खैरीमाथि आँखा लगाएर सम्बन्ध समेत जोड्न लागेको लख् काटेको पाङ्ग्र्रे भित्रभित्रै मुर्मुरिइ रहकै थियो ।

फुर्के लुसुक्क घट्टेकुलातिर भागेपछि रिसाएको पाङ्ग्र्रेलाई फकाउँन खैरी पाङ्ग्र्रेका जिउमा लिपिक्क टाँस्सिइ आफ्नो पुच्छरले पाङ्ग्र्रेका टाङमुनि सुम्सुम्याइ दिदैं भनी– “हामी कहिले सिंहदरवारभित्र पसेर कुर्सीमा चढेका छौं र ! हामीले उधुम् मच्चाउनु ? बाहिर चौरमा बसेकाले पनि कतै उधुम् मच्चाउँन सक्छ्न् ? बन्ध्याकरणनै गर्ने भए त कुर्सीमा चढेर उधुम मच्चाउनेहरूको चै पहिले गर्नु नि हैन त पाङ्ग्र्रे ?”

गौरादह–१२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x