साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगे ढुंगेलजीको जो विचार

Nepal Telecom ad

कमरेड ढुंगेलजीले एक अन्तर्वार्तामा खडा गरेको प्रश्न साँच्चै कडा छ । कमरेड प्रचण्ड र बाबुरामहरू प्रधानमन्त्री हुने, सत्तामा बसेर लडीबुडी गर्ने, अघिपछि सुरक्षाकर्मीका गाडीको लस्कर लगाएर साइरन बजाउँदै जनताको निन्द्रा खलबल्याउँदै कुद्ने अनि उनीहरूकै आदेशमा मान्छे मार्ने आफूचाहिँ जेल जानुपर्ने ?

सही कुरा हो, यो बिलकुलै न्यायसंगत भएन । ढुंगेलजीले अर्को पनि अकाट्य तर्क प्रस्तुत गरेका छन्, मान्छे मारेर क्रान्ति गर्ने हामी मात्र होइनौँ, कांग्रेसले पनि मान्छे मारेकै हो, एमालेले पनि मारेकै हो । अरूले मार्न हुने, हामीले मार्न किन नहुने ?

सबै नेताले द्वन्द्वकालका घटनालाई मेलमिलाप आयोगमार्फत मिलाउने भनेर सहमति गरिसकेको विषय उक्काएर बारम्बार नेताहरूको निन्द्रा खाने सावित्री श्रेष्ठ, नन्दलाल अधिकारीको शव, अस्पतालमा अर्धचेत भएर लडिरहेकी गंगामाया र विभिन्न सञ्चारमाध्यममा आएर रुवाबासी गर्ने द्वन्द्वपीडितहरूलाई शान्ति सुरक्षा भाँडेको कसुरमा कारबाही गर्नुपर्नेमा उल्टै शान्तिपूर्ण रूपमा भूमिगत बसिरहेका पूर्वसभासद्जस्तो प्रतिष्ठित नेतालाई दोषी ठर्हयाउने प्रतिगामी अदालतविरुद्ध आन्दोलन गर्ने, खिलराज तथा कल्याण श्रेष्ठहरूका घर घेर्ने ढुंगेलजीको घोषणा बिलकुल जायज छ ।

कारबाही त अदालतलाई हुनुपर्छ, शान्ति सम्झौता भाँड्ने गरी मरिसकेका मान्छेका कुरा उठाउन पाइन्छ ? अदालतलाई भन्दा पनि खसोखास कारबाही हुनुपर्ने त सावित्री श्रेष्ठहरूलाई हो । क्रान्तिका विरुद्ध अदालत जाने ? सञ्चार माध्यमहरूमा गएर माननीयज्यूका विरुद्ध औँलो ठड्याउने ? परिवारका केही सदस्य मारिएको सानो घटनालाई के के न भएझैँ गरेर अन्तर्रा्ष्ट्रियकरण गर्ने ? सारा दुनियाँ डरले थर्कमान भएको बेला ठूलो ठूलो स्वरमा ‘हत्यारालाई सजाय दे’ भन्दै सार्वजनिक रूपमा चिच्याउने ? एकपछि अर्को परिवारका सदस्य मारिँदा पनि पटक्कै नतर्सिने ? एउटी महिला भएर भुसतिघ्रे पुरुष क्रान्तिकारीहरूसँग पौँठेजोरी खेल्ने ? मुलुकको शान्तिसुरक्षा खलबल्याएको, क्रान्तिका उपलब्धि समाप्त गर्न खोजेकामा कडाभन्दा कडा कारबाही त यिनलाई पो हुनुपर्ने हो भन्ने ढुंगेलजीको मनसाय एकदम जायज छ ।

सरकारका तर्फबाट मान्छे मार्नेहरूलाई धमाधम फुली थपिँदैछ, हामीलाई चाहिँ कारबाही गर्न खोज्ने ? मान्छे मार्ने र मार्न लगाउनेहरू कोही प्रधानमन्त्री भए, कोही मन्त्री भए, कोही राजदूत भए, कोही प्रहरी प्रमुख भए, सबैले गणतन्त्रको फल चाखे । आफ्नै पार्टी सरकारमा हुँदा पनि मैले चाहिँ थुरथुर काम्दै लुकीलुकी हिँड्नुपर्ने ? ढुंगेलको आक्रोश बिलकुल स्वाभाविक छ ।

आदरणीय ढुंगेलजी, तपाईंका सबै कुरा जायज हुँदा हुँदै पनि परिस्थितिले तपाईंलाई धोका दिँदैछ । समय झन् झन् प्रतिकूल हुँदैछ । त्यस्तो बेलामा त त्यस्ती जब्बर ती सावित्री दिदी, अब त झन् यिनले तपाईंलाई चन्द्रमामा पुगे पनि छाड्दिनन् जस्तो छ । त्यसैले बरू बेलैमा ठाँटका साथ जेल गएर केही वर्ष बसिदिनु पो राम्रो होला कि † बूढेसकाल लागिसक्यो, कहिलेसम्म लुकी लुकी हिँड्नू ! त्यो गर्न पाए तपाईंकै नेताहरूको टाउको दुखाइ पनि समाप्त हुन्थ्यो होला । नेताहरूलाई सरापेर के गर्नु, झिँगाका सरापले डिँगा मर्दैनन् । बरू केही वर्ष जेल बसेर कार्य सम्पादन मूल्यांकनमा नम्बर बढाउनु र भविष्यमा मन्त्री पदका लागि सुरक्षित हुनु नै वेश होला । निर्दोेष हुँदाहुँदै पनि परिबन्दमा परियो भन्ठान्नूस् । सतीले सरापेको देश भनेर चित्त बुझाउनूस् । आगे हजुरको जो विचार !

नेपाल, वैशाख २३, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x