प्रेम ओली ढकलपुरेगुन्द्रुकको झोल टन्न छ
खुन पसिना बगायो
अर्कैको लागि
जवानी सब बगायो
अर्कैको लागि
फेरी बचिएछ भने
त्यो बुढो हाड छाला
के ल्याउनु
मर्ने बेला हरियो काँक्रो
दश नङ्ग्रा कसरी ख्याउनु
बरु आफ्नै बारी जोतिन्छ
आफ्नै घर पोतिन्छ
गर्नेलाई उता भन्दा
यतै रनबन्न छ
दालभात नभए पनि
गुन्द्रुकको झोल टन्न छ ।
न सस्कृती छ त्यहा न कुनै सस्कार
पैसो बाहेक अरु सबै तिरस्कार
काम काम सधैं काम
मेसिन हुन कि मानव हुन
रातमा पनि गरेकाछन
दिनमा पनि गरेका छन
भुत हुन कि दानव हुन
बगाउछ छोरो पसिना यतै
ढेडो साग खान्छ
पिजा ब्रगर किन चाहियो
मकै भटमासले मान्छ
गर्नेलाई यतै काम रनबन्न छ
मासु भात नभए पनि
गुन्दुकको झोल टन्न छ ।
अमेरिका गयो उतै हराउने
जापान गयो उतै हराउने
खाडी तिर गए पनि
बिलखबन्द गराउने
यतै हलो जोत्छ छोरो
यतै खलो पोत्छ
नयाँ नयाँ बाली रोप्न
नयाँ बिउ खोज्छ धान फलाउछ
तरकारी फलाउछ नगदे बाली फलाउछ
आफ्नै पसिना बेचेर
अच्छै गृहस्ती चलाऊछ
गर्ने हो भने
यतै अब्सर रनबन्न छ
दाल भात नभए पनि
गुन्द्रुकको झोल त टन्न छ ।
यतै मेहनत गरिन्छ
यै माटोमा मरिन्छ
बिरानो देशमा नगए
के पो फारिन्छ
गर्ने नै हो भने
गर्नेलाई यतै काम रनबन्न छ
मासु भात नखाए पनि
गुन्द्रुकको झोल त टन्न ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































