साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लात मार्छन् छिमेक

Nepal Telecom ad

सबतिर झगडामै त्रस्त हाम्रा बिहान
किन र हुन गएको देश मुर्दा समान ।
जुन भुमि छ मजाको बन्छ सोही चिथारो
यदि नियत छ सफा त्यो हुन्छ माटो पियारो ।।

समय वितिरहेछन् छैन बाटा फराक
धनि अति जलको खै बाँध गर्छन् मजाक ।
जडिवुटि उति नै छन् खोज आऊ पहाड
अनि चढ चुचुरा ती जाऊ अग्ला हिमाल ।।

दखिनतिर तराई अन्न फल्छन् मनग्य
वन जन जलश्रोत् छन् गर्न सक्छौं अवश्य ।
गरिव किन भएछौं स्वर्ग तुल्यै धरामा
रगत र पसिनामा फल्छ मोती गरामा ।।

अझ ति नव युवाको लाम जान्छन् विदेश
सब मिलि गर मान्छे बन्छ राम्रो स्वदेश ।
झिलिमिलि बनिनेछन् गर्दा धेरै विकास
नगरि बसिरहेमा मिल्छ काँ त्यो निकास ।।

शहर अनि ति गाऊँ बन्नु पर्छन् मजाले
नहर र विजुलीले राज्य चल्छन् निकाले ।
भर परि अरुकोमा लात मार्छन् छिमेक
गर यहि मुलुकैमा चाल्नु पर्छन् विवेक ।।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x