साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिलासमा गणतन्त्र

Nepal Telecom ad

प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाउ स्वर्गबासी भए
बडा बाउ कासी गए
काका सन्यासी भए
तर कसैले
कहिलै देखेनन् प्रजातन्त्र
फेरी लोकतन्त्र खोज्दै
तल्नाघरे कान्छा लापत्ता भए
माथिल्ला घरे माइला बेपत्ता भए
तर उनीहरूले पनि
कतै भेटेनन् त्यो लोकतन्त्र
एक दिन
मेरो मस्तिस्कमा
एउटा बत्ती बल्यो
गणतन्त्रै खोज्ने झोक चल्यो
जन युद्वमा फाटेको कमिज
जन आन्दोलनमा काटेको प्यान्ट
भाउजूले पकाएको केही रोटी
काकीले बनाएको अचार बोकी
नहर हुँदै
पहर हुँदै
सहर पसें
खोज्दै गनतन्त्र
धर्मशाला हुँदै
पेटी पेटीसम्म बसें
कहिले बालुवाटार कुदें
कहिले शितल निवास कुदें
भित्र छिर्न
सिंहदरबारसंग जुदें
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकोले हो कि
सुरक्षा बल लगाएकोले हो
कतै भेटन सकिएन गणतन्त्रलाई ।
एक दिन
भोकले रन्थालिएको बेला
मान्छेहरूको ठुलै भिड देखे
धकेल्दै भीडमा खुट्टा टेके
नेतै नेताको भीडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जाँदा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसँग साटासाट हुँदैथियो
यस्तै अर्को पार्टीमा
गिलासमा गणतन्त्र
ह्वीस्की र बियरसंग बाटाबाट हुँदैथियो
र, गजबको कुरो
गिलास समाएर चियर्स गर्नेहरू
तिनै
जनतालाई सपना बाट्नेहरू
नोटले भोट साट्नेहरू
उही उच्च उही घराना
उही नयाँ, उही पुराना
तिनै सामन्तीहरू थिए
यिनै सामन्तीहरू थिए ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x