साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञाको राट्रिय कविता महोत्सव

Nepal Telecom ad

काठमाडौं, असार ९, ०७३ । नेपाल प्रज्ञा प्रतिष्ठानले ५९औं वार्षिकोत्वसको अवसरका आयोजनामा आयोजित राष्ट्रिय कविता महोत्सव– २०७३ सम्पन्न भएको छ । राष्ट्रिय कविता महोत्सवमा । यस वर्षको कविता महोत्सवमा ललितपुरका कवि मणिराज सिंह प्रथम हुनु भएको छ । उहाँको ’लोकतन्त्रको अस्मिता’ शीर्षकको कवितालाई प्रथम घोषित गरिएको हो ।

यस्तै, कवि पुरु लम्सालको ’घर फर्कने सपना’ शीर्षकको कविताले दोस्रो स्थान हासिल गरेको छ । असीम सागरको ‘टेको’, त्रिलोचन आचार्यको ’म नेपाली’ र मञ्जुश्री गिरीको ’पीरको झरीले रुझिरहेको देश’ कविता तृतीय घोषित भएका छन् ।

प्रथम कविले ३० हजार, द्वितीयले २५ हजार र तृतीय हुनेहरूले जनही २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसपटकको कविता महोत्सवका लागि तीन सय ३३ वटा कविता प्रतिस्पर्धाका लागि प्राप्त भएको प्राज्ञ अमर गिरीले बताउनु भयो ।

राष्ट्रिय कविता महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ(गाउँ र घर(घरमा आसुकवि भएको मुलुक भएको बताउनु भयो । नपढेकाले पनि घाँस काट्दा काट्दै दोहोरी र गीत प्रस्तुत गर्न सक्ने नेपालीको सामर्थ्यको प्रशंसा गर्दै उहाँले ‘हामीलाई थाहा छ, कविता बारीमा मकै छरेजस्तो प्रतिफल दिने क्षेत्र होइन, यो तुरुन्तै उम्रँदैन । देखिने प्रतिफल नदेखिन पनि सक्छ तर हामीले लगानी गर्नुपर्छ’ भन्नु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका कलाकार तथा कर्मचारी सङ्गठनद्वारा सङ्कलित ‘मेरो धरहराः म बनाउँछु’ अभियानका लागि रु ४१ हजार रकमको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कलाकारहरू सुक्मित गुरुङ, सुरेशराज आचार्य, रमेश अधिकारी, रेखा थापा गुरुङ र कर्मचारी सीता कार्कीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, कुलपति गंगाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँला, प्रा.डा. जीवेन्द्रदेव गिरी लगायतले महोत्सवको सफलताको कामना गरेका थिए ।

महोत्सवमा ३३३ कविले आवेदन दिएकामा ४५ कविका कविता वाचनका लागि छनोट गरिएको थियो भने ३६ जना कविले मात्र आफ्ना कविता वाचन गरेका थिए । अतिथि कवि शैलेन्द्र शाकारको कविताबाट आरम्भ भएको महोत्सवमा राम विनय, फुलमान वल, कणाद महर्षि, उषा शेरचन, नवराज लम्साल, मदन दाहाल, विप्लव ढकाल, कृष्ण प्रसाईं, वासुदेव अधिकारी, रमेश श्रेष्ठ, रामबहादुर पहाडी, गोपाल अस्क, गायत्री विष्ट, बाबा बस्नेत, राजेश्वर कार्की, पवन आलोक र उमेश राई आदि अतिथि कविले आफ्ना कविता वाचन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x