साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यै गधा गोरुले पो…

Nepal Telecom ad

(रोपाइँ विशेष)

तपाईं गोरु खै कस्ता छन्
मेरा गोरु त आलु खौले तालु खौले
रौँ फुलेका दारी फुलेका
हेर्दा ठ्याक्कै मान्छे जस्ता छन्
जुरो लडाका छन् भुँडी लडाका छन्
घरको अगाडि प्राडो अडाका छन्
मेरा गोरु त न टेर्छन् न हेर्छन्
हरियो घाँस पायो भने जति पनि खेर्छन् ।

कोही गुरु गधा भए
कुनै खै कता गए
कुनै गोरु, गोरु हुँदा पनि
साँढे भाका छन्
लाजै पचाइ धानको ब्याड खाका छन्
यसपालिको असारमा धान रोप्ने कसरी
कृषि प्रधान देशको लाज छोप्ने कसरी ?

मल सस्तो ल्याउनु भनी
एउटा गोरुलाई मन्त्री हुन पठाएँ
गधा परेछ, सबै मलको बजेट खाएर
आफै गोब्र्याउँदै हिँडेछ
कृषि औजार ल्याउन
अर्को गधालाई मन्त्री हुन पठाएँ
त्यो फेरि गोरु परेछ,
उतै घास चर्न पो भिडेछ
न बिउ छ न मल छ,
न पाखुरीमा बल छ
यसपाली कसरी धान रोप्ने !
मान्छे अलमल छ ।

एउटा गोरुलाई सिचाइ मन्त्री बनाइ पठाएँ
रक्सी धोकेर आँफै खेतमा तुर्काइ हिँड्छ
अर्को गधालाई आपूर्ति मन्त्री बनाइ पठाएँ
दिउँसै बाटोमा सुरुवाल सुर्काइ हिँड्छ
कुलो खन्ने तन्नेरीहरू पनि
खाडीमा कुवा खन्दै छन्
रोपाइँ गर्ने रोपाहरहरू पनि
अरबतिर दासी बन्दै छन्
म बुढोले अब असार पन्ध्र मान्ने कसरी
यो देशको कृषि प्रधानी धन्ने कसरी ?

मेरै गुरु अब त मलाई नै हुक्काँ गर्छन्
जोत्न खोज्यो भने आफूलाई ठोक्ला झै गर्छन्
आफ्नै गोरु गधा भएपछि
घरको धन्सार कसरी भरिएला
डर पो हुन थाल्यो झन
अब भोक भोकै पो परिएला
भन्छन् भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ
के थाह मेरो गोरु पनि ब्याउँछ कि
यै गधा गोरुले पो कतै खुसियाली ल्याउँछ कि ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x