मरुभूमि नारायणभोलि–भोलि भन्दै
चोखो मायामा लौन नराम्ररी हारेको छु
आँसु बग्ने आँखाबाट रगत झारेको छु ।
उदारवादी हुँदाहुँदै रित्तियो जिन्दगी
आफूलाई मासु अन्त हाड पारेको छु ।
बुढाबुढी पन्छाएर तरुनीलाई काखमा
खोला कुवा इनार कति–कति तारेको छु ।
आलो काँच्चो मन परिपक्क जीवन
सर्छ भनेर ढुंगामा ज्यूँदो रूख सारेको छु ।
बुद्धको कोमल श्रीपेच पहिरिएर भए पनि
खुशीको खबर धेरैलाई रेटेर मारेको छु ।
गोरुको अनिकाल लाग्दा मेरो गाउँमा
हलो जोत्न भेडा बाख्रा खसी नारेको छु ।
समस्या लिइ आउँछन् हुलका हुल मान्छे
तिनलाई भोलि–भोलि भन्दै टारेको छु ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest




































