साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एघार स्रष्टा सम्मानित

Nepal Telecom ad

काठमाडौँ, ११ असार । साहित्यका कथा, कविता, निबन्ध, उपन्यास, नाटक विधा तथा कलाका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत राजधानीमा विभिन्न स्रष्टालाई सम्मान गरिएको छ ।

साहित्य विज्ञान प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रमा प्रा डा अभि सुवेदी, प्रा डा सञ्जीव उप्रेती, डा रामप्रसाद ज्ञवाली, डा नवराज लम्साल, प्रमोद खरेल, सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री शक्तिबहादुर बस्नेतले संयुक्त रुपमा ती स्रष्टालाई जनही रु १० हजारसहित सम्मानपत्र अर्पण गर्नुभएको थियो ।

यसैगरी बालप्रतिभा नीतिका पौडेल, गरिमा गुरागाईँ, प्रीतिमा सापकोटा र सविन घिमिरेलाई पनि ‘बालतारा सम्मान’ प्रदान गर्नुभएको थियो ।

सोही कार्यक्रममा ४० नारी स्रष्टाका सिर्जना रहेको विश्वासको ‘पिरामिड’ शीर्षक कवितासङ्ग्र्रह पनि सार्वजानिक गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष सहगोत्री आचार्यले भाषा, साहित्य र कलाको उन्ननयमा आफ्नो प्रतिष्ठान अहोरात्र लागिरहेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x