साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरहवामा वहुभाषिक कविगोष्ठी

Nepal Telecom ad

भैरहवा, असार ६, २०७३ । प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रीय समिति भैरहवा र सिद्धार्थ साहित्य परिषद सिद्धार्थनगरको संयुक्त आयोजनामा लुम्बिनी निर्माण व्यवसायी संघ भैरहवाको गार्गीपथ स्थित सभाहलमा प्रगतिवादी साहित्यका सशक्त अभियन्ता, डा. मोदनाथ प्रश्रितको ७५औं जन्मोत्सवको अवसरमा उनलाई विभिन्न साहित्यिक संघ संस्थाहरूले एक कार्यक्रमका बिच भव्य अभिनन्दन गरेका छन् ।

तीन सत्रमा विभक्त कार्यक्रममा पहिलो सत्रमा अभिनन्दन तथा सम्मान कार्यक्रम, दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत र तेस्रो सत्रमा वहुभाषिक कविगोष्ठी सम्पन्न भएको थियो । पहिलो सत्रको कार्यक्रममा महाकवि डा.मोदनाथ प्रश्रितलाई विभिन्न साहित्यिक संघ–संस्थाहरूले अभिनन्दन गरेका थिए । यसरी अभिनन्दन गर्ने साहित्यिक संघ संस्थाहरूमा प्रश्रित प्रतिष्ठान नेपाल, भैरहवा सिद्धार्थ साहित्य परिषद सिद्धार्थनगर भैरहवा, जन साहित्यिक मञ्च पाल्पा, जन साहित्यिक मञ्च चितवन, वुटवल साहित्य कला, संस्कृति प्रतिष्ठान, वुटवल, लुम्बिनी वाङमय प्रतिष्ठान, केन्द्रीय समिति वुटवल, प्रेमा वाङमय प्रतिष्ठान नवलपरासी, सिर्जनशील साहित्यिक समाज भैरहवा, लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान रुपन्देही, तरङ्ग साहित्य संगम पाल्पा र समसामयिक पत्रिका, चितवन आदि थिए ।

पहिलो सत्रको कार्यक्रम भरतपुर क्यान्सर अस्पताल चितवनका शल्य चिकित्सक डा. बालकृष्ण थापाको प्रमुख आतिथ्य र महाकवि डा. मोदनाथ प्रश्रितको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो। अभिनन्दित व्यक्तित्व प्रश्रितलाई अविरटीका, फूलमाला, दोसल्ला ,नेपाली ढाकाटोपी र अभिनन्दन पत्र अर्पण गरिएको थियो । प्रश्रितलाई प्रदान गरिएको अभिनन्दन पत्रको वाचन सिद्धार्थ साहित्य परिसदका अध्यक्ष बालकृष्ण भट्टराईले गरेका थिए ।

यसैगरी प्रश्रित प्रतिष्ठान नेपालले अन्य तीनजना साहित्यकारहरूलाई पनि सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरूमा झापाकी नारी स्रष्टा कल्पना ओली सिटौला, पाल्पाका राम प्रसाद अर्याल र रुपन्देहीका रुद्र ज्ञवाली रहेका थिए । सम्मानित प्रतिभाहरूमध्ये कल्पना ओली सिटौलाको परिचय देवीचरण भण्डारीले, रुद्र ज्ञवालीको परिचय वनमाली निराकारले र राम प्रसाद अर्यालको परिचय राजेश अर्यालले गराएका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. कपीलदेव लामिछानेको अध्यक्षतामा भएको पहिलो सत्रमा प्रतिष्ठानका सल्लाहकार बालकृष्ण भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सिद्धार्थ साहित्य परिसद्का अध्यक्ष डिल्लीराज भट्टराईले कार्यक्रमको संचालन गरेका थिए ।

दोस्रो सत्रको कार्यक्रममा नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । उक्त विचार गोष्ठीमा छजना विद्वान्हरूबाट छवटा कार्यपत्रहरू प्रस्तुत भएका थिए । प्रश्रितका महाकाव्यमा सौन्दर्य चेतना विषयक कार्यपत्र प्रा.डा. भीम खतिवडाले, नेपाली निवन्धको विकासमा मोदनाथ प्रश्रितको योगदान विषयक कार्यपत्र डा. शिव प्रसाद पौडेलले, प्रश्रितका महाकाव्यमा मानवता र मानववाद विषयक कार्यपत्र डा. सुधन पौडेलले, प्रश्रितका महाकाव्यमा अभिघात चेतना विषयक कार्यपत्र टंक पन्थले, प्रश्रितका महाकाव्यमा प्रयुक्त अलङ्कार विषयक कार्यपत्र नारायण पन्थ ले (पन्थ यसै विषयमा शोध गर्दैछन्) र नेपाली नाटकको विकासमा प्रश्रितको योगदान विषयक कार्यपत्र प्रा. डा. कपीलदेव लामिछानेले प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएका छवटै कार्यपत्रहरू माथि प्रा. डा. नारायण प्रसाद खनालले टिप्पणी गरेका थिए । आठवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रमको तयारी भए पनि कार्यपत्र प्रस्तोताद्वय यदुनन्दन उपाध्याय र नरनाथ लुइँटेल अस्वस्थ्य रहेका कारण उपस्थित हुन नसकेकाले बाँकी दुईवटा कार्यपत्रहरू प्रस्तुत भएनन् । यस सत्रको अध्यक्षता सिद्धार्थ साहित्य प्रतिष्ठानका अध्यक्ष श्री डिल्लीराज भट्टराईले गरेका थिए भने संचालन रुद्र ज्ञवालीले गरेका थिए ।

यसैगरी तेस्रो सत्रको कार्यक्रममा खुला वहुभाषिक कविगोष्ठी सम्पन्न भएको थियो । कविगोष्ठीमा नेवारी भाषाका तीन, अवधि भाषाको दुई, भोजपुरी भाषाको तीन, थारु भाषाको एक, मगर भाषाको एक, संस्कृत भाषाका दुई र नेपाली भाषाको छब्बीसवटा गरी जम्मा ३८ वटा कविता वाचन भएका थिए । यसरी कविता वाचन गर्नेहरूमा बालकृष्ण थपलिया, अमेरिका यादव, सन्तोष पाण्डे, शिवनन्दन जैसवाल (भोजपुरी), कविता रिजाल, लता प्रधान ( नेवारी), गोमती प्रसाद गुप्ता (भोजपुरी), राजेश कुमार चौधरी (अवधी), भरत कुमार पोखरेल, सीता ढुङ्गाना काफ्ले, दीपक प्रधान (नेवारी), पुनराम गिरी ,देवीचरण भण्डारी ‘सरोज’, गंगा अभिलाषी, कृष्ण प्रसाद बस्याल(अवधि), आलोक न्यौपाने, राधिका खरेल, भविश्वर पगेनी, माधव प्रसाद पन्थी, बाबुराम पाण्डे (थारु), डा.सुधन पौडेल, कविता पौडेल, प्रा.डा. भीम खतिवडा (संस्कृत) डा.लक्ष्मी पोखरेल उमेश थापा, लाटो मगर (मगर), प्रा.डा. नारायण प्रसाद खनाल (संस्कृत), सम्मानित प्रतिभा कल्पना ओली सिटौला, रुद्र ज्ञवाली र राम प्रसाद अर्याल, झाँक्री खोले, मोदनाथ शास्त्री, विजय खरेल, त्रिलोक संसार, बूँद राना (उर्दु भाषाको गजल), दुर्गा प्रसाद श्रेष्ठ, तेज प्रसाद पन्थ, डा. बालकृष्ण थापा, डा.मोदनाथ प्रश्रित थिए ।

बहु भाषिक कवि गोष्ठीमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै महाकवि डा. मोदनाथ प्रश्रितले नेपाली वाङ्मयको विकास र सो को माध्यमबाट जनचेतना अविवृद्धिमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । यसैगरी प्रमुख अतिथि डा बालकृष्ण थापा अच्युत घिमिरे बूँद राना प्रा.डा नारायण प्रसाद खनालले कार्यक्रमका वारेमा मन्तव्य राखेका थिए भने प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. कपीलदेव लामिछानेले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा तेस्रो सत्र बहुभाषिक कवि गोष्ठीको सभापतित्व दुर्गा पौडेलले गरेकी थिइन् भने संचालन तेज प्रसाद पन्थले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x