धनराज गिरीहाम्रो राजनीति
नैतिकता कता ? हुने, हाम्रो राजनीति
हिमाल पहाड तराई रुने, हाम्रो राजनीति
स्वर्गजस्तो सारै सुन्दर यो नेपाललाई
सधैं नर्क बनाउने,हाम्रो राजनीति !!
उसैलाई सत्तोसराप गर्छ सडकमा
फेरि उसकै पाउ छुने,हाम्रो राजनीति
धुन्धुकारी भस्मासुर जन्मे हरेक घरमा
उनकै गाए, उनकै सुने हाम्रो राजनीति
लाभ हानि जोड घटाउ, आफ्नै लागि मात्र
भाग लाए अनि गुने, हाम्रो राजनीति !!
चितवन
Subscribe
Login
0 Comments
Oldest







































